शनिबार, वैशाख ८, २०८१

गुणस्तरीय शिक्षाका लागि स्वस्तिश्री गुरुकुल

स्वस्तिश्री गुरुकुलले आधुनिक सुविधासहित गुणस्तरीय एवं जीवन उपयोगी शिक्षादिने उद्देश्यले बैशाख महिनादेखि कक्षा १ देखि ९ सम्म तथा आषाढ महिनामा कक्षा ११ सञ्चालनमा ल्याउन लागेको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं – स्वस्तिश्री गुरुकुलले आधुनिक सुविधासहित गुणस्तरीय एवं जीवन उपयोगी शिक्षादिने उद्देश्यले बैशाख महिनादेखि कक्षा १ देखि ९ सम्म तथा आषाढ महिनामा कक्षा ११ सञ्चालनमा ल्याउन लागेको छ।

triton college

नेपालको शिक्षा प्रणालीमा खासै परिवर्तन हुननसकेको सन्दर्भमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै विद्यार्थीहरुको सिर्जनशिलताको विकास गर्ने र विश्वबजारका लागि विकाउ एवं सक्षम नागरिक तयार पार्ने उद्देश्य गुरुकुलले लिएको छ।

सैद्धान्तिक सिकाईभन्दा बढी व्यवहारिक, प्रयोगात्मक र व्यवसायिक शिक्षामा जोड दिने गरी सञ्चालनमा आउन लागेको गुरुकुलले सबै कक्षाकोठालाई प्रयोगशाला कै रुपमा विकास गरिने बताएको छ।

सबै कक्षा कोठाहरु स्मार्ट बोर्डसहितको उच्च प्रविधियुक्त हुने, विद्यालय परिसरमा इन्टरनेट सुविधा उपलब्ध गराइने, सबै कक्षाकोठाहरु वातानुकुलित (एयर कण्डिसन) हुने गुरुकुलले जनाएको छ।

यस्तै विद्यालय परिसरमा फुटबल, बास्केटबल, टेवलटेनिस, ब्याडमेन्टिन, स्केटिङ्ग, कराँते लगायतकाखेलकुदको लागिसंरचना, जिमहल, अत्याधुनिक तातोपानीसहितको पौडी पोखरीलगायत अन्य सुविधाहरु पनि रहने छन्। स्कुल आउन तथा जान बस सेवासमेत उपलब्ध हुने छ।

corrent noodles
Metro Mart

गतबर्षदेखि नै पूर्वप्राथमिक कक्षाहरु सुरु गरेको स्वस्तिश्रीले सोही समयदेखि नै बेलायतको फिल्डओर्क एजुकेशनसँगको सहकार्यमा ईन्टरनेशनल अर्ली इयर करिकुलम (आईइवाईसी) फ्रेमवर्क सञ्चालनमा ल्याएको छ।

स्कुल काठमाडौंको सानोभर्‍याङ्गमा रहेको छ।

 

प्रकाशित: Jan 30, 2020| 16:14 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्