शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • काबेली बी वान कास्केड आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाइ

काबेली बी वान कास्केड आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाइ

 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च रु. १ अर्ब ९७ करोड रहेको छ ।

अरुण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरिरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइ रहेकोे उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको छ ।

प्रकाशित: Jan 30, 2020| 14:49 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्