काठमाडौं– पब्लिकेसन नेपालयले प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब दुईजना महिलाले सम्हाल्ने भएका छन् ।
नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले सम्हाल्ने छन् । लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन्। अंग्रेजी साहित्यको अध्ययन गरेकी भूषिता भने सृजनशील लेखक हुन्।
‘हाम्रो नयाँ टिमले पब्लिकेसन नेपालयका प्रकाशोन्मुख कृतिहरूमा मात्र होइन, नेपाली प्रकाशन उद्योगमै ताजापन र जाँगर थप्छ भन्ने विश्वास लिएको छु,’ नेपालयका संस्थापक किरणकृष्ण श्रेष्ठले भने।