मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा खुल्न थाले विदेशी बैंकका शाखा, आईसीआईसीआईले पायो स्वीकृति

नेपालमा खुल्न थाले विदेशी बैंकका शाखा, आईसीआईसीआईले पायो स्वीकृति

काठमाडौ । पछिल्लो समय नेपालमा विदेशी बैंकहरुले पनि शाखा कार्यालय खोलेर कारोबार गर्न थालेका छन् । बुधबारमात्र नेपाल राष्ट्र बैंकले भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंकलाई नेपालमा शाखा खोल्न अनुमति दिएको छ ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौ । पछिल्लो समय नेपालमा विदेशी बैंकहरुले पनि शाखा कार्यालय खोलेर कारोबार गर्न थालेका छन् । बुधबारमात्र नेपाल राष्ट्र बैंकले भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंकलाई नेपालमा शाखा खोल्न अनुमति दिएको छ ।

triton college

यसअघि राष्ट्र बैंकले कतारको सबैभन्दा ठूलो दोहा बैंक र युएइको मस्रेक बैंकलाई पनि नेपालमा प्रतिनिधि कार्यालय खोली काम गर्ने अनुमति दिएको थियो । ती दुवै बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोलेर काम गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आईसीआईसीआई बैंकको प्रतिनिधि कार्यालयले नेपालमा होलसेल बैकिङ कारोबार गर्न, होलसेल बैकिङ कारोबार गर्न सहजीकरण गर्नेछ । यसअघि नेपालमा प्रतिनिधि कार्यालय खोल्न अनुमति पाएको युएइको मस्रेक बैंकले पनि सोही काम गर्दै आइरहेको छ । आईसीआईसीआई बैंकमार्फत् नेपाली बैंकहरुले ऋण पनि पाउने छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आईसीआईसीआई बैंकलाई अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि नेपालमा प्रतिनिधि कार्यालय खोल्न अनुमति दिइएको हो । यो सँगै नेपालमा तीनवटा विदेशी बैंकहरुले प्रतिनिधि कार्यालय खोल्न अनुमति पाएका छन् । भट्टले भने, ‘यसले नेपालका बैंकहरूलाई पनि अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि सहजीकरण हुन्छ।’

उनका अनुसार आईसीआईसीआई बैंकले नेपालमा खुद्रा बैंकिङ कारोबार भने गर्न पाउँदैन। उसले नेपालमा बैंकिङ सम्बन्ध विस्तार गर्ने र अनुभव बाँड्ने, नेपाली बैंकले खोलेको एलसीलाई सहजीकरण गर्ने काम मात्र गर्नेछ ।

corrent noodles
Metro Mart

बैंकले प्रतिनिधि कार्यालयमात्र खोल्ने भएकोले मातृ कम्पनीको नीति नियम अनुसार नै नेपालमा कारोबार गर्नेछ ।

प्रकाशित: Jan 30, 2020| 13:57 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्