बिहीबार, वैशाख ६, २०८१

लाङटाङको केन्जिङमा प्रभु बैंकको शाखा

 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रभु बैंक लिमिटेडले आफ्प्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति यही माघ १६ गतेदेखि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ केन्जिङमा आफ्नाे २०६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ गुम्बाका प्रमुख लामा साङगे लामाले गरे । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको लाङटाङ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लाङटाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित: Jan 30, 2020| 13:28 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्