शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली–प्रचण्डमाथि औंला उठाउँदै नेकपाका केन्द्रीय सदस्य

ओली–प्रचण्डमाथि औंला उठाउँदै नेकपाका केन्द्रीय सदस्य

बिहीबार (आज) देखि प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। पार्टी एकता भएको करिब २० महिनापछि एजेन्डासहित बसेको बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाही र पार्टी नेतृत्वको शैलीका विषयमा गम्भीर सवाल उठाउने तयारी गरेका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी छ । नेकपा (एमाले) र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो।

triton college

नेकपाको अन्तरिम विधानमा केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बस्ने उल्लेख छ। अनौपचारिक रूपमा २०७५ जेठ ३ गते पार्टी एकतालाई औपचारिकता दिन र शपथ खान केन्द्रीय समिति बैठक बसेको भए पनि त्यसयता बैठक बसेको थिएन।

नेकपामा विधानतः ४४१ सदस्यीय कमिटी छ। गत भदौ ९ गतेको सचिवालय बैठकले ४ जना सदस्य मनोनित गरेको थियो। उनीहरूको शपथ ग्रहण पनि बाँकी छ। रवीन्द्र अधिकारी र धनीराम पौडेलको निधन भएको छ। वंशीधर मिश्र बंगलादेशका लागि राजदूत भएका छन्। तिलक परियार, सोमनाथ प्यासी र अमिक शेरचन प्रदेश प्रमुख नियुक्त भएका छन्।

बैठकको पहिलो दिन बुधबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लामो उद्घाटन भाषण गरे। उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरे।

बिहीबार (आज) देखि प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। पार्टी एकता भएको करिब २० महिनापछि एजेन्डासहित बसेको बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाही र पार्टी नेतृत्वको शैलीका विषयमा गम्भीर सवाल उठाउने तयारी गरेका छन्।

corrent noodles
Metro Mart

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेलाई यतिखेर उत्सव चलेजस्तो लागिरहेको छ। बल्लतल्ल बसेको केन्द्रीय कमिटिको बैठकमा शीर्ष नेता र नेतृत्वसँग सिधा सवाल–जवाफ गर्ने अवसर जुटेको भन्दै उनी उत्साहित छन्। उनी यो बैठक बस्नु आफैंमा ठूलो उपलब्धि भएको र बैठकले सरकार र पार्टीको कामलाई उपलब्धिमूलक बनाउने गरी दिशानिर्देश गर्नेमा उनी आशावादी छन्।

‘केन्द्रीय सदस्य के गरिरहेका छन्, कहाँ छन् भन्नेसम्म थाहा नपाएको नेतृत्वले बैठक डाक्नुलाई ठूलै उपलब्धि मान्नुपर्छ,’ उनी भन्छन्, ‘केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी नदिएर बेरोजगार बनाइएको छ। अनि कसरी हुन्छ पार्टी र सरकारका राम्रा कामको प्रचार ?’

नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मालाई पनि लामो सयम केन्द्रीय कमिटिको बैठक नै नडाकेर नेतृत्वले ठिक नगरेको जस्तो लागेको छ । उनी यस्ता बैठक जति लामो समयमा बस्छ, पार्टी त्यति नै खोक्रो हुँदै जाने तर्क गर्छन् । उनको प्रश्न छ– केन्द्रीय सदस्य र नेतृत्वबीच भेटघाट समेत नहुने अवस्था भएपछि कसरी पार्टी बलियो हुन्छ ? यो विषयमा बैठकमा जोडदार रुपमा आवाज उठ्छ ।’

अर्का केन्द्रीय सदस्य शिवकुमार मण्डल लामो समयपछि बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी र सरकारबीच देखिएको भद्रगोल अवस्थाका विषमया प्रश्न उठाउने तयारीमा छन् । उनी सरकार र पार्टीबीच तालमेल मिलाउने र जनताको मन जित्ने गरी काम गर्न बैठकले दिशानिर्देश गर्नेमा आशावादी छन् ।

पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेत पनि बैठकको अलमलले राम्रो सन्देश नगएको बताउँछन्। बैठकमा पार्टी एकताको काम र सरकारको काम प्रभावकारी बनाउने विषमया गम्भीर छलफल हुन आवश्यक भएकोमा उनको जोड छ ।

अर्का पूर्वमन्त्री तथा केन्द्रीय सदस्य टोपबहादुर रायमाझी पार्टी र कार्यकर्ताबीच कमजोर हुँदै गएको सम्बन्ध बलियो बनाउन केन्द्रीय समितिको बैठक महत्वपूर्ण भएको बताउँछन् । बैठकमा कार्यकर्ताले महशुस गर्ने गरी पार्टीको र जनताले महशुस गर्ने गरी सरकारको काम प्रभावकारी बनाउनका लागि जोडदार आवाज उठाउने उनले बताए ।

संघीय संसद राज्यव्यवस्था समितिको सभापति समेत रहेकी केन्द्रीय सदस्य शशी श्रेष्ठ केन्द्रीय समितिको बैठकले पार्टी जीवनमा हराभरा ल्याउने विश्वास राख्छिन् । एमसीसी, नेपाल–भारत सीमा विवाद, खर्चिलो निर्वाचन प्रणालीलगायत महत्वपूर्ण विषमया सवाल उठाउने तयारी उनको छ ।

केन्द्रीय सदस्य राम कार्की पार्टी करिब–करिब विघटनको अवस्थामा रहेको बेला यस्ता बैठक महत्वपूर्ण हुने बताउँछन्। बैठकले अत्यन्त ठूलो महत्व बोक्ने भएकाले नेता र नेतृत्वले निरन्तरता दिइरहनु पर्नेमा उनको जोड छ ।

लामो समयसम्म केन्द्रीय कमिटीको बैठक नबोलाएको भन्दै रुष्ट बनेका केन्द्रीय सदस्यहरुले सरकारका विवादास्पद निर्णय र पार्टी सञ्चालनको शैलीका विषयमा गम्भीर सवाल उठाउने तयारी गरेका छन्।

सरकारको राम्रो कामको प्रचार भएन भन्ने तर केन्द्रीय सदस्यलाई बेरोजगार बनाउने नेतृत्वको शैलीप्रति असन्तुष्ट देखिएका छन् केन्द्रीय सदस्यहरु।

प्रकाशित: Jan 30, 2020| 10:47 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।