काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ र फ्रेण्डस क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) आमनेसामने हुनेछन्।
च्यासल आजको खेलमा जित निकालेर शीर्ष ६ को दौडमा हुने दाउमा छ। उसले २ खेलमा जित र ३ बरबरी खेलेर ९ अंक बनाएको छ। आजका खेलमा जित निकालेको खण्डमा च्यासलले समान १२ अंक रहेका एनआरटी, जावलाखेल र संकटासँग स्थानको लागि प्रतिस्पर्धा गर्ने छ।
फ्रेन्डसले जित निकालेको खण्डमा उसको जित संख्या ३ पुग्ने छ। फ्रेन्डस २ जित र २ बराबरी खेलेर ८ अंकका साथ तालिकाको ११ औं स्थानमा छ।
दोस्रो खेलमा एनआरटी र बीबीसी जितको लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन्।
तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरिरहेको एनआरटी आजको खेलमा जित निकाल्दै चौथो स्थानमा आउने दाउमा हुनेछ। उसले ४ खेलमा जित निकालेको छ भने २ बराबरी खलिसकेको छ।
बीबीसी २ खेलमा जित र २ बराबरी खेल्दै ८ अंकका साथ तालिकाको दसौं स्थानमा छ।