बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमितका लागि चीनमा ५ दिनमै अस्पताल तयार

चीनमा कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि पाँच दिनमै अस्पताल तयार भएको छ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

काठमाडौं- चीनमा कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि पाँच दिनमै अस्पताल तयार भएको छ। एक हप्तामा तयार गर्ने भनिएको अस्पताल तोकिएको भन्दा दुई दिनअघि नै तयार भएको हो।

triton college

कोरोनाको संक्रमण महामारीका रुपमा फैलिन थालेपछि सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तको वुहानमा विशेष अस्पताल निर्माण गरिएको हो। पाँच दिनमा तयार गरिएको अस्पतालमा मंगलबारदेखि कोरोना संक्रमित बिरामीहरु भर्ना भइसकेका छन्।

सयौं मेशिनहरुको प्रयोग र हजारौं कामदार प्रयोग गरेर एकैदिनमा भवन निर्माण सम्पन्न गरिएको थियो। बाँकी चार दिनमा भवनमा आवश्यक सर्जिकल उपकरणहरुको व्यवस्थापन गरिएको थियो।

यो सुविधासम्पन्न अस्पतालमा एकै पटक एक हजार विरामीले उपचार गराउन सक्नेछन्।

गत बिहीबार सरकारले कोरोना संक्रमितका लागि नयाँ अस्पताल बनाउने घोषणा गरेलगत्तै वुहान प्रान्तको ह्वाङगाङमा अस्पताल निर्माण सुरु गरिएको थियो।

corrent noodles
Metro Mart

यसअघि सन् २००३ मा सार्स भाइरसको संक्रमण फैलिएपछि बेइजिङमा ७ दिनमा नयाँ अस्पताल निर्माण गरेर सेवा सुरु गरिएको थियो।

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण करिब साढे १ हप्ताको अबधिमा १३२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार भन्दा बढी संक्रमितले उपचार गराइरहेका छन्।

All of the coronavirus hospitals are modelled on a temporary medical centre, which was built in Beijing in seven days to tackle SARS in 2003 and treated one-seventh of the country's SARS patient in the space of two months. In the picture above, dozens of diggers work to build the six-acre coronavirus hospital in the Caidian District in the western suburb of Wuhan, China

By Monday, all of the beds had been set up by volunteers, and water, electricity and internet had also been connected, according to the government of Huanggang

A handout image from the Huanggang government shows workers from the city's electricity company working to connect the building to the grid so it can treat coronavirus patients

A picture released by the Huanggang government shows construction workers installing necessary facilities on the site of Dabie Mountain Regional Medical Centre on January 25

Medical workers are pictured treating a severely-ill coronavirus patient with pneumonia in Zhongnan Hospital in Wuhan, the city at the centre of the outbreak

डेलीमेल डटकमबाट

प्रकाशित: Jan 29, 2020| 17:54 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।