बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकलाई सामसङ मोबाइल खरिदमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसङ मोबाइल खरिदमा विशेष छुट

एन आई सी एशिया बैंक लिमिटेड र सामसङ मोबाइलबीच एन आई सी एशिया बैंकका ग्राहकलाई सामसङका विभिन्न मोडलका स्मार्टफोन खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
 |  बुधबार, माघ १५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १५, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र सामसङ मोबाइलबीच एन आई सी एशिया बैंकका ग्राहकलाई सामसङका विभिन्न मोडलका स्मार्टफोन खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुले बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्युआर मा प्रयोग गरी सामसङ ग्यालेक्सी एसटेन, एसटेनप्लस र ग्यालेक्सी नोट टेन र नोट टेन प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५% वा अधिकतम रु. ३,००० सम्म छुट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले हस्ताक्षर गरे । यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्नेछन् ।

प्रकाशित: Jan 29, 2020| 17:23 बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्