शुक्रबार, वैशाख ७, २०८१

आफैंले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान घाइते

आफैंले बोकेको बन्दुक पड्किंदा बर्दियामा एक प्रहरी जवान घाइते भएका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं- आफैंले बोकेको बन्दुक पड्किँदा बर्दियामा एक प्रहरी जवान घाइते भएका छन्। 

triton college

इलाका प्रहरी कार्यालय ढोडरीमा कार्यरत गंगाराम थारुको तिघ्रामा गोली लागेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। घाइते थारुलाई उपचारका लागि नेपालगन्ज पठाइएको उनले बताए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले चन्द समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरी जवान थारुले बोकेको बन्दुक पड्किएको जानकारी दिए। 

"मधुवन गाउँपालिका–४ मा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिवन्धित नेकपाका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा प्रहरी जवान गंगाराम थारुले बोकेको बन्दुक पड्किएर आफ्नै तिघ्रामा लागेको हो। यसबारे थप अनुसन्धान भइरहेको छ," थापाले भने। 

प्रहरीले प्रतिवन्धित नेकपाका रोहित सुनार र जयबहादुर ठाडामगरलाई पक्राउ पनि गरेको छ।  उनीहरुको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।

एनसेल टावरमा आगजनी गर्ने समूह गाउँमा लुकेर बसेको भन्ने सूचनाका आधारमा प्रहरी उनीहरुलाई पक्राउ गर्न पुगेको थियो।

corrent noodles
Metro Mart

*यसअघि प्रहरीबाटै प्राप्त सूचनाका आधारमा तयार पारिएको समाचारमा 'आफैंले बोकेको बन्दुक पड्किँदा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। 

प्रकाशित: Jan 28, 2020| 18:54 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।