बिहीबार, वैशाख ६, २०८१

सुर्खेतमा गोली चल्यो, साढे ६ बजेदेखि कर्फ्यू

टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शनमा दुई राउण्ड गोली चलेको छ। गोली लागेर केही घाइते भएका छन्।
 |  मंगलबार, माघ १४, २०७६

देव राना

देव राना

मंगलबार, माघ १४, २०७६

सुर्खेत- टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शनमा दुई राउण्ड गोली चलेको छ। गोली लागेर केही घाइते भएका छन्।

triton college

घाइते हुनेमा दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना छन्।

यता जिल्ला प्रशासन कार्यालयले भने गोली चलाएको स्वीकार गरेको छैन। घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ।

मृतकका आफन्तहरुले टिप्पर चालकलाई कारबाहीको माग गर्दै दिनभर वीरेन्द्रनगर बजार बन्द गराएका छन्। आन्दोलन अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालयले अहिले साँझ साढे ६ बजेबाट भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने तयारी गरेको छ।

corrent noodles
Metro Mart

‘आन्दोलन अनियन्त्रित भयो, ठाउँठाउँमा तोडफोड हुन थालेपछि साढे ६ बजेबाट कर्फ्यू घोषणा गरेका छौं,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने, ‘पीडित पक्षले सहमति गरिसकेपछि पनि आन्दोलनकारीले तोडफोड गर्न थालेपछि थप घटना हुन नदिन कर्फ्यू लगाएका हौँ।’ पूर्वमा इत्रामखोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा सत्न राजमार्गको ५ सय मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू घोषणा गरिएको छ।

आन्दोलनले अग्र रुप लिएपछि नेपालगञ्जबाट समेत प्रहरी झिकाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख दिल्लीराज पन्तले जानकारी दिए।

आन्दोलनकारीले दिनभर संयमता अपनाए पनि प्रहरीले बल प्रयोग गरी शव उठाएपछि स्थिति तनावग्रस्त बनेको हो। आन्दोलनलाई तितरवितर बनाउन प्रहरीले सयौं राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।

मृतकका केही आफन्तले शव उठाउने र दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रशासनसँग सहमति गरेका थिए। तर केही आफन्तले भने आमा कालिकोट र बुबा भारतबाट नआएसम्मका लागि शव नउठाउने अडान लिएका थिए। आफन्तले शव उठाउने सहमति गरीसकेको भन्दै प्रहरीले बल प्रयोग गरेर घटनास्थलबाट शव उठाएको थियो।

टिप्पर चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै बजार बन्द गराउन हिँडेका युवाहरुको समूहले विभिन्न ठाउँमा तोडफोडसमेत गरेका थिए।

आज बिहान टिप्परको ठक्करबाट विरेन्द्रनगरको मूलपानी चोक नजिक कालिकोट महावै गाउँपालिका-३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको थियो।

प्रकाशित: Jan 28, 2020| 17:46 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।