शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘प्रधानमन्त्रीज्यू कुरा लोकतन्त्रका गर्नुहुन्छ तर विधेयक कल ट्यापिङ गर्ने ल्याउनुहुन्छ’

‘प्रधानमन्त्रीज्यू कुरा लोकतन्त्रका गर्नुहुन्छ तर विधेयक कल ट्यापिङ गर्ने ल्याउनुहुन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ण प्रेस स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताविरुद्धका विधेयकहरु सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ण प्रेस स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताविरुद्धका विधेयकहरु सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।

triton college

मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै देउवाले पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकार बिना प्रजातन्त्रको कल्पनासमेत गर्न नसकिने भन्दै सरकारले ल्याउन लागेका प्रतिकूल विधेयकहरु फिर्ता लिनुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीज्यू कुरा लोकतन्त्रका गर्नुहुन्छ तर विधेयक भने व्यक्तिगत फोन कल ट्यापिङ गर्नेसम्मको ल्याउनुहुन्छ,’ देउवाले भने, ‘कुरा मात्रै गरेर भएन, त्यस्ता विधेयक हटाउनुपर्छ।’

संविधानको मर्म र भावना विरुद्धका त्यस्ता विधेयकहरु पास हुन नदिने देउवाले बताए। सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिँदै देउवाले सदनमा उठेका कुरा सरकारले गम्भिर रुपमा लिनुपर्ने बताए।

सभामुख कुनै पार्टीको नभएर साझा हो भन्दै देउवाले प्रतिपक्षलाई विश्वासमा लिएर काम गरे मात्र कांग्रेसको सहयोग रहने बताए।

corrent noodles
Metro Mart

उखु किसानले चिनी मिलबाट पैसा नपाउनु दुखद् भएको भन्दै देउवाले सरकारले गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिए।

कोरोना भाइसरको जोखिममा नेपाल पनि परिसकेकाले आवश्यक ठाउँमा २४ घण्टे हेल्थ डेस्क राख्न सरकारलाई उनले सुझाव दिए। साथै देउवाले नेपाललाई ठूलो सहयोग आउन लागेकाले एमसीसी पास गर्नुपर्ने बताए।

 

प्रकाशित: Jan 28, 2020| 14:20 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।