बुधबार, वैशाख १२, २०८१

जीवन धान्न गिट्टीको सहारा

जाजरकोट–डोल्पा सडकखण्डभित्र अहिले जीवन धान्नकै लागि गिट्टी कुट्ने मानिसको ठूलो भीड लाग्ने गरेको छ । दुधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

जाजरकोट– माघको चिसोलाई पर्वाह नगरी सडक छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४, छेपारेकी ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै भेटिन्छिन्।

triton college

गिट्टी कुट्नु उनको रहर नभई बाध्यता हो। दर्जनभन्दा बढी परिवारका सदस्यको खर्च जुटाउन गिट्टी कुट्न थालेको उनी बताउँछिन्।

उनले भनिन्, “रेडियोबाट बाटो कालेपत्रे गर्ने समाचार सुनेपछि यहाँ गिट्टी कुट्न आएकी हुँ । यसबाट नाति–नातिनालाई कापीकलम किन्न र घर खर्च टार्न पैसा आउला भन्ने आशा छ।”

छोराहरू कमाइ गर्न भारत गएपछि आफूले घरखर्च चलाउनका लागि गिट्टी कुट्नुपरेको उनले सुनाइन्।

उनीजस्तै आठविसकोट नगरपालिका–११ रिठाकी २७ वर्षीया कमला सिर्पाइली पनि गिट्टी कु्ट्न थालेकी छन्। ६ बच्चाकी आमा सिर्पाइली दुई बच्चा काखमै च्यापेर गिट्टी कुटिरहेकी भेटिन्छिन्।

corrent noodles
Metro Mart

गिट्टी कुटेको आम्दानीले छोराछोरीको लालनपालनदेखि घरायसी खर्च जुटाउन सजिलो भएको उनको भनाइ छ।

गिट्टी कुट्नेमा बालक पनि छन्। त्रिभुवन मावि नलगाड–७ दल्लीमा कक्षा ४ मा अध्ययनरत आशिष पुन पनि गिट्टी कुट्ने गरेका छन्। बिहान ६ बजे रिठास्थित सडकमा हातमा हथौडा लिएर गिट्टी कुट्ने उनी यसकै कमाइबाट पढाइ खर्च जुटाउने गरेकोे सुनाउँछन्।

बिहान चार घण्टा गिट्टी कुटेर विद्यालय जाने उनी गृहकार्य गर्ने समय नहुँदा समस्या भएको बताउँछन्। उनी भन्छन्, “सरले किन गृहकार्य नगरेको भन्दै साथीको अगाडि उभ्याउनुहुन्छ, मेरो समस्या भने अर्कै छ।”

यी त प्रतिनिधिमूलक घटना मात्र हुन्, जाजरकोट–डोल्पा सडकखण्डभित्र अहिले जीवन धान्नकै लागि गिट्टी कुट्ने मानिसको ठूलो भीड लाग्ने गरेको छ । दुधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ।

रोजगारीका कुनै वैकल्पिक माध्यम नभएको भित्री पहाडीमा यहाँका अधिकांश स्थानीयवासी भारत जाने गर्छन्।

भारत जानबाट रोकिएका अधिकांश मानिस सडकमा गिट्टी कुटेर जीवनयापन गरिरहेका छन्। पुसको चिसो सिरेटो र पातलो एकसरो कपडाको सहारामा हातमा हथौडा लिएर गिट्टी कुट्दै जीवन खोज्नेहरू आजभोलि सडकमै भेटिने गरेका छन्।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पासागाड–चिसापानीसम्म पक्की गर्ने काम सुरु भएसँगै यहाँका अधिकांश गरिब परिवारका स्थानीय सडकमा गिट्टीको सहारा लिन थालेका हुन्। छोराछोरीको पढाइदेखि वृद्धावस्थाको सहारा गर्न आर्थिक जोहो सडकमै हुने गरेको छ।

खेतबारीमा उपादन हुने अन्नले ६ महिना खाना नपुग्ने यहाँका स्थानीयवासी कोही भारत गएर कमाइ गर्छन् भने कोही यसरी सडकमा काम गरिरहेका छन्।

नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले गाउँगाउँमा विकास निर्माणका काममा समेत अधिकांश महिला नै सहभागी हुने गरेको बताए। 

रासस

प्रकाशित: Jan 28, 2020| 11:25 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।