बिहीबार, वैशाख १३, २०८१

कस्तो हुनेछ आगामी तीन दिनको मौसम ?

 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि मौसम बद्लिएको छ ।

triton college

आज (मंगलबार) पश्चिमका केही र मध्य तथा पूर्वका एक/दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी भागको मौसम दिनभरि नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्नेछ ।

मङ्गलबारभन्दा बुधबार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् । बिहीबारबाट क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

यस्तो हुनेछ तीन दिनको मौसम

corrent noodles
Metro Mart

माघ १४ गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राति: देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

राति: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

माघ १६ गते (बिहीबार)

दिउँसो: देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

प्रकाशित: Jan 28, 2020| 08:50 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।