जुम्ला- घर पोत्ने रातो माटो लिन गएका सासू-बुहारी माटोको ढिस्काेमा पुरिएर मृत्यु भएको छ ।
जुम्लाको सिगाचौमा रातो माटोको ढिस्काेमा पुरिएर सासू बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मृत्यु हुनेमा ४५ वर्षकी सासु नाक्चु सुनार र २५ वर्षिया बुहारी स्यानु सुनार रहेको प्रहरीले जनाएको छ । उनीहरु दुबैको घटनास्थलमै मृत्यु हो।
प्रहरीका अनुसार खानी भासिदा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन्। हाल उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ।