बुधबार, वैशाख १२, २०८१

यती समूहलाई पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा

यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पाथमिकतामा पारेका छन् ।

triton college

कसैले मिडिया काउन्सिल विधेयकबाट पत्रकारका लागि डण्डजरिवानाको व्यवस्था हटाइएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले एमसीसीमा अमेरिकाले लिएको अडानलाई मुख्य समाचार बनाएका छन् ।

आजको नयाँ पत्रिकाले भने यति समुहलाई ८० वर्षका लागि ताप्लेजुङको पाथीभरा क्षेत्रको ३१७ रोपनी जग्गा सरकारले सित्तैमा दिएको खुलासा गर्दै यसै विषयलाई मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाले समाचारमा लेखेको छ- सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ । सो समूहले काठमाडौंको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिजमा लिइसकेको छ ।

विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले पाथीभरामा केबलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका थिए । आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेसन’ बनाउने तयारी गरेका उनले केबलकारका पोलहरू राख्ने र माथिल्लो स्टेसन बनाउने जग्गा उपयोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन् । यहीबीच विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको थियो । यती समूहले केबलकार सञ्चालन गर्ने अनुमति मात्र पाएको छैन, तीन सय १७ रोपनी सरकारी जग्गा सित्तैमा पनि पाएको समाचारमा उल्लेख छ ।

corrent noodles
Metro Mart

पाथीभराको सरकारी जग्गा यतीलाई दिने योजनाका साथमा पुष्प बरुवाललाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओली ०५१ मा गृहमन्त्री हुँदा बरुवाल पिए थिए । यती समूहले लगानी गर्ने केबलकारमा बरुवाललाई पनि सञ्चालक बनाइएको छ ।

पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केबलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले गत वर्ष १५ फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेका थिए । पर्यटनमन्त्रीलाई केबलकार सञ्चालन गर्ने क्षेत्र देखाउने शेर्पाको इच्छा थियो । तर, दुर्भाग्यवश हेलिकोप्टर दुर्घटनामा उनीहरूको सोही क्षेत्रमा निधन भयो ।

आजको कान्तिपुर दैनिकले भने डडेल्धुरामा विकासका नाममा जता जंगल उतै डाेजर चलाउने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

उसले समाचारमा लेखेको छ- चिर्किट्टे महाभारतको सबैभन्दा तल रहेको गाउँ हो । भित्री मधेससँग जोडिएको महाभारतको तल्लो भेगमा सालका घना जंगल छन् । मथिल्लो भेगमा लौठ सल्ला र दुर्लभ जडीबुटी । यिनै जडीबुटी र वन मासेर चिर्किट्टे जोडनका लागि दलका नेता, ठेकेदार र काठ तस्करको मिलेमतोमा ठाउँ–ठाउँबाट सडक खनिएको छ । १७ वर्षमा २७ करोडभन्दा बढी खर्च भइसकेको छ तर कुनै पनि सडक १० किमीभन्दा बनेका छैनन् ।

यस्तै कान्तिपुरले मिडिया काउन्सिल विधेयकबाट दण्ड–जरिवाना हटाइएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । आजको नागरिक दैनिकले पनि यो विषयलाई महत्वका साथ प्रकाशित गरेको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विधेयकमा प्रस्ताव गरिएका दण्ड सजाय र जरिवानासम्बन्धी व्यवस्था हटाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संसदमा ल्याएको विधेयकमा मिडिया काउन्सिलले जारी गरेको आचार संहिता उल्लंघन गरेमा पत्रकार, सम्पादक र प्रकाशकलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान प्रस्ताव गरिएको थियो ।

यस्तै नागरिकले नाकले काव्य लेख्ने काठमाडौंको बानेश्वरका २१ वर्षीय दर्शन केसी कथालाई मुख्य स्टोरी बनाएको छ।

हुम्लामा मौसमी फ्लुको प्रकोप बढ्दा गाउँमा न औषधि न स्वाथ्यकर्मी नै रहेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर भएको विषयलाई प्राथमिकताका साथ छापेको आजको अन्नपूर्ण पोस्ट्ले भने एमसीसीमा अमेरिकाले लिएको अडानलाई मुख्य समाचार बनाएको छ ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ। साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको समाचारमा उल्लेख छ ।

सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ।

 

प्रकाशित: Jan 28, 2020| 07:03 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।