भक्तपुर- काठमाडौं उपत्यकाका नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले पञ्चदान पर्व मनाएका छन्। हरेक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्वमा दीपकंर पूजा गरिँदै आएको छ।
आइतबार भक्तपुरको मध्यपुर थिमि मरुटोलस्थित हिरण्यवर्ण महाविहारमा दीपंकर पूजा सम्पन्न भएको छ। ५ वटा दीपंकर बुद्धलाई पूजा गरिने भएकाले यसलाई पञ्चदान पर्व भनिएको हो।
शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ यो पर्व मनाइने गरिएको छ।
दिपङ्कर पूजा
पञ्चदान लिँदै
सबै तस्बिर : रासस