काठमाडौं– सर्वसम्मतबाट निर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।
शपथ ग्रहण कार्यक्रमअघि विरोध प्रदर्शन गरेका अधिकारकर्मीहरु पक्राउ परेका थिए।
सभामुख सापकोटाको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उपस्थित दिए।
शपथ ग्रहणलगतै सभामुख सापकोटाले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दैछन्।