बिहीबार, वैशाख १३, २०८१

२१ तोला सुनसहित महतो पक्राउ

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

triton college
corrent noodles
Metro Mart

महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए ।

रु १६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बा१२प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका– ८ स्थित सडकमा आइतबार बेलुका करिब ५ः३० बजे जाँच गर्दा युवक महतो सुनसहित पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ । रासस

प्रकाशित: Jan 27, 2020| 09:17 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।