मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संकल्प प्रस्तावमार्फत् एमसीसी पारित गर्ने तयारीमा सरकार

संकल्प प्रस्तावमार्फत् एमसीसी पारित गर्ने तयारीमा सरकार

एमसीसीलाई लिएर उठेका प्रश्नलाई जवाफ दिने गरी संसद्मा संकल्प प्रस्ताव पेस गर्ने, त्यसमाथि छलफल गर्ने र त्यो पारित भएपछि एमसीसी सम्झौतालाई अघि बढाउने सरकारको योजना छ ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले कोरोना भाइरसका कारण देखिएको त्रास र सभामुखमा अग्नि सापकोटा चयन भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

आजको कान्तिपुर दैनिकले सभामुखमा अग्नि सापकोटा चयन भएसँगै सरकार एमसीसी पारित गर्ने तयारीमा जुटेको विषयलाई मुख्य समाचार बनाएको छ । सरकार संसद्मा संकल्प प्रस्ताव लगेर भएपनि एमसीसी पारित गर्ने योजनामा रहेको समाचारमा उल्लेख छ ।

कान्तिपुरले जानकार स्रोतलाई उधृत गर्दै लेखेको छ– एमसीसीलाई लिएर उठेका प्रश्नलाई जवाफ दिने गरी संसद्मा संकल्प प्रस्ताव पेस गर्ने, त्यसमाथि छलफल गर्ने र त्यो पारित भएपछि एमसीसी सम्झौतालाई अघि बढाउने सरकारको योजना छ ।

संकल्प प्रस्तावमा नेपाल कुनै सैन्य गठबन्धनमा सामेल नहुने, मुलुकको सार्वभौमसत्ता र अखण्डतामा असर पार्ने गरी सहयोग नलिने, असंलग्न परराष्ट्र नीतिअनुसार चल्नेजस्ता बुँदाहरू हुनेछन् ।

एमसीसी सम्झौतामा हस्ताक्षर भइसकेपछि त्यसलाई अमेरिकाले आफ्नो ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ (आईपीएस) को अंग बनाएको र आईपीएस चीन लक्षित रणनीति भएका कारण उत्पन्न विवादलाई संकल्प प्रस्तावले सम्बोधन गर्ने सत्तारूढ नेताहरूको बुझाइ छ ।

corrent noodles
Metro Mart

पार्टीका सांसदहरूसमेत एमसीसी सम्झौताको विरोधमा रहेकाले अब प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एकपटक यो विषय चर्किनेवाला छ । राष्ट्रिय सभामा अहिले नै सत्तारूढ सांसदहरूले एमसीसीबारे बोलिरहेका छन् ।

स्थायी कमिटीको पुस पहिलो साताको बैठक यही विषयको सेरोफेरोमा घुमेको थियो । स्थायी कमिटीले नेकपा सचिवालयलाई निर्णय गर्ने जिम्मेवारी दिएको थियो । सचिवालयले निष्कर्ष निकालिसकेको छैन ।

यस्तै कान्तिपुरले चीनमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । चीनमा रहेका नेपाली विद्यार्थी कोरोना भाइरसका कारण भन्दै हल्लाका कारण ज्यादा त्रसित बनेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले नोवल कोरोना भाइरस संक्रमण, चीनमा नेपाली सुरक्षित शीर्षकमा खबर छापेको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएको समाचारमा उल्लेख छ ।

झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि छर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ।

यस्तै नागरिकले अग्नि सापकोटा सभामुखमा निर्वाचित भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । उनी संसद्मा निर्विरोध निर्वाचित भएपनि संसद्बाहिर भने हत्या आरोपीलाई सभामुख बनाएको भन्दै विरोध भएको छ ।

अन्नपूर्ण पोस्ट्ले पनि निर्विरोध सभामुख शीर्षकमा मुख्य समाचार छापेको छ। उसले चीनमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेको विषयलाई पनि प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ।

प्रकाशित: Jan 27, 2020| 06:59 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।