मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बल्ने ढुंगाको लाेभ देखाएर जग्गा बैना गर्न लागेको ५० लाख लुटियो

बल्ने ढुंगाको लाेभ देखाएर जग्गा बैना गर्न लागेको ५० लाख लुटियो

केही समययता काठमाडौं उपत्यकामा विभिन्न आपराधिक कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– केही समययता काठमाडौं उपत्यकामा विभिन्न आपराधिक कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ।

triton college

पक्राउ पर्नेहरुमा दाङ पुरन्धरा–९ का बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वरका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ, रामेछापका कुमार बहादुर बुढाथोकी, रसुवाका तेन्जिङ बहादुर तामाङ र रसुवाकै संजित वाइवा छन्।

उनीहरुले काठमाडौंको बालाजुमा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख रकम लुटेको प्रहरीले बताएको छ। ६ जनाको समूहले जग्गा बैना गर्न बच्चुराम गुरुङले बोकेको रुपैयाँ लुटेको हो। पक्राउ परेका गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुवेदारसमेत हुन्।

महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई शनिबार साँझ पक्राउ गरेको हो। गुरुङले काभ्रेस्थलीमा रहेको जग्गा किन्नका लागि बैनास्वरुप सो रकम बोकेका थिए । उनलाई पक्राउ परेकै समूहले जमिन देखाएको थियो। जग्गामै लगेर सो समूहले आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेर फरार भएको थियो ।

भिमबहादुरले सुरुमा ‘मेरो बाजेसँग बल्ने ढुंगा छ’ भनेर प्रलोभन देखाएका थिए। गुरुङले विश्वास नगरेपछि खुकुरी, फलामको रड देखाएर धम्की दिई रकम लुटेको प्रहरीले बताएको छ।

corrent noodles
Metro Mart

प्रहरीले संजित वाइवाको साथबाट २३,५००, तेन्जिङ बहादुर तामाङको साथबाट ५,८०,०००, भिम बहादुर घर्ती मगरको साथबाट ३,०५,०००, नकुर तामाङको साथबाट ४,३१,०००, कुमार बहादुर बुढाथोकीको साथबाट २,०५,००० र दावाछिरिङ तामाङको साथबाट ३,३१,००० गरी १८,७५,५०० रुपैयाँ बरामद गरेको छ। त्यसैगरी डाँका गरी पाएको पैसाबाट किनेको एउटा मोटरसाइकल, घटनामा प्रयोग भएका ३ वटा मोटरसाइकल, सुनको औंठी, मेबाइलहरु पनि बरामद गरेको छ।

प्रकाशित: Jan 26, 2020| 13:51 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।