काठमाडौं– सिद्घार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निस्शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
पुस २२ देखि २५ सम्म श्रीनगर (सर्लाही) र पुस २७ देखि २९ सम्म मलंगवा (सर्लाही) मा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परीक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य १७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरी उनीहरुको आँखा शल्यक्रिया गरिएको थियो ।
उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई रु. ४,६७,५०० को आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेज्यूलाई हस्तान्तरण गरेका थिए ।