शनिबार, वैशाख ८, २०८१

शहीदको शालिक बनेको दश वर्षपछि अनावरण

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा छोपि राखिएको शालिक दश वर्षपछि अनावरण हुने भएको छ ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

तनहुँ- तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा छोपि राखिएको शालिक बल्ल अनावरण हुने भएको छ ।

triton college

विसं २०६६ मा निर्माण सम्पन्न गरेर राखिएको शालिक दश वर्षपछि यही माघ १६ गते शहीद दिवसको दिन अनावरण गर्न लागिएको हो ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा सहादत प्राप्त गरेपछि उनको स्मृतिमा विसं २०६३ मा शहीद स्मारक निर्माण गरी विसं २०६६ मा शालिक राखिएको थियो ।

शहीद स्मारकमा शहीदको अर्धकदको शालिक दश वर्षदेखि ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको शालिक राखिएको स्मारकस्थलको भवन जीर्ण भएका कारण शालिक अनावरण हुनसकेको थिएन ।

शहीद उद्यानको भवन रेट्रोफिट गरी बलियो बनाइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

corrent noodles
Metro Mart

“शहीद उद्यानको संरचना कमजोर भएकाले शहीदको शालिक अनावरण गर्न सकेका थिएनौँ”, उनले भने, “हाल शहीद उद्यानलाई व्यवस्थित बनाएका छौँ, शहीद दिवसको दिन पारेर शालिक अनावरण गर्ने कार्यक्रम तय भइसकेको छ ।”

शहीद उद्यान व्यवस्थित गर्नका लागि नगरपालिकाले गत आर्थिक वर्ष रु २२ लाख बजेट विनियोजन गरेको थियो । उद्यानमा कम्पाउण्ड, शौचालय निर्माणलगायतका काम भएको छ ।

“शहीदको शालिक ढाकिएको अवस्थामा राखिरहनु सुहाउँदो विषय थिएन, त्यसैले बजेट विनियोजन गरेर शहीद उद्यानलाई व्यवस्थापन गरेका हौँ । ” नगरप्रमुख न्यौपाने भने ।

उद्यानका लागि चालू आवमा रु २५ लाख विनियोजन गरिएको छ । रु सात लाखले उद्यानको थप विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार उद्यानलाई विकास गर्न रु सात करोड बजेट प्रस्ताव गरिएको छ । बाँकी रु १८ लाख बजेटले उद्यानमा थप निर्माणका काम गरिने नगरपालिकाले जनाएको छ ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलिमराङ भ्रमणको क्रममा शहीद स्मारक र उद्यान बनाउन निर्देशन दिएका थिए । यसपछि शहीद स्मारक निर्माण समिति गठन गरिकाम अगाडि बढाइएको स्मारक निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार तत्कालीन समयमा उद्यान र स्मारक निर्माण गर्न जग्गा खोज्ने क्रममा केही अलमल भएपछि विसं २०६३ मा मात्र स्मारक निर्माण शुरु गरिएको थियो । रासस

प्रकाशित: Jan 26, 2020| 10:11 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।