शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • झन् सेवासुविधा बढाउँदै स्थानीय जनप्रतिनिधि, अब मेयरलाई मासिक ४७ हजार

झन् सेवासुविधा बढाउँदै स्थानीय जनप्रतिनिधि, अब मेयरलाई मासिक ४७ हजार

प्रदेश सरकारहरूले स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा दिन ऐन संशोधनको तयारी गरेका छन् ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौँ- प्रदेश सरकारहरूले स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा दिन ऐन संशोधनको तयारी गरेका छन् ।

triton college

सर्वोच्च अदालतले गत कात्तिक पहिलो साता स्थानीय तहका पदाधिकारी र सदस्यहरूको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधासम्बन्धी प्रदेशका कानुनहरू एकमुष्ट खारेज गरिदिएपछि ६ वटा प्रदेशका जनप्रतिनिधिले वैधानिक रूपमा सुविधा लिन पाएका छैनन् ।

पारिश्रमिक कटौती भएपछि खर्च धान्नै मुस्किल भएको गुनासो गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय कार्यालय जानसमेत छाडेका छन् । उनीहरूले सुविधासम्बन्धी विशेष व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका छन् । जनप्रतिनिधिका यही माग सम्बोधन गर्न प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सरकारले ऐन संशोधन गर्न लागेका हुन् ।

प्रदेश ५ सरकारले स्थानीय तहका पदाधिकारीको सेवा/सुविधासम्बन्धी ‘विशेष व्यवस्था’ गर्न ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, ०७५’ संशोधन गर्न लागेको छ । यसका लागि केही समययता जनप्रतिनिधिले लबिइङ गरिरहेका थिए ।

संशोधनको मस्यौदामा जनप्रतिनिधिलाई पहिलाको भन्दा धेरै सुविधा दिने प्रस्ताव छ । सुविधाअन्तर्गत यातायात, अतिथि सत्कार, टेलिफोन, इमेल इन्टरनेट, पत्रपत्रिका, खानेपानी, विद्युत्लगायतका शीर्षक थपिएका छन् । अतिथि सत्कारका लागि ६ देखि १८ हजार रुपैयाँसम्म मासिक सुविधा दिने प्रस्ताव छ । पत्रपत्रिका, टेलिफोन, खानेपानीमा तीनदेखि ६ हजार पाँच सय रुपैयाँसम्म दिने उल्लेख छ ।

corrent noodles
Metro Mart

जिल्ला समन्वय समिति प्रमुखलाई गत असोजसम्म ४१ हजार मासिक सुविधा थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरिरहेको अहिलेको प्रस्तावमा त्यसलाई वृद्धि गरेर ५३ हजार रुपैयाँ पुर्‍याइएको छ ।

उपमहानगरपालिकाका प्रमुखलाई ४० हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था थियो, अहिले विभिन्न शीर्षकबाट ५२ हजार बनाइएको छ । नगरप्रमुखले प्रतिमहिना ३५ हजार बुझ्ने गरेकामा अब ४७ हजार र गाउँपालिका अध्यक्षले ३० हजार पाउने गरेकामा अब ४२ हजार रुपैयाँ मासिक सुविधा दिने उल्लेख छ ।

अधिवक्ता लोकेन्द्र वलीले प्रदेश ५ सहित अन्य प्रदेशका विधेयकलाई आधार बनाएर गत भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । जनप्रतिनिधिलाई पारिश्रमिक दिनु संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ विपरीत हुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले कात्तिक १ गते स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ६ वटा प्रदेशका ऐन खारेज गरिदिएको थियो ।

प्रदेश ५ सरकारले तयार गरेको मस्यौदाअनुसार गाउँपालिका अध्यक्षले अब मासिक ४२ हजार रुपैयाँ बुझ्नेछन् । यसअघि अध्यक्षलाई पारिश्रमिकबापत सुविधा भनेर मासिक ३० हजार रुपैयाँ दिने व्यवस्था थियो ।

अहिले यातायात सुविधा मासिक १२ हजार, पत्रपत्रिका, इन्टरनेटबापत ५ हजार, टेलिफोन, मोबाइल रिचार्जबापत ५ हजार, अतिथि सत्कारमा १० हजार, खानेपानी सरसफाइमा पाँच हजार र मर्मत सम्भार एवं विद्युत्बापत ५ हजार गरी मासिक ४२ हजार रुपैयाँ पुर्‍याउन लागिएको हो । चाडपर्वबापत वार्षिक १५ हजार रुपैयाँ उपलब्ध हुनेछ । बैठक भत्ता प्रतिबैठक ७ सय दिने गरेकामा त्यसलाई पनि वृद्धि गरी १२ सय ५० दिने प्रस्ताव छ ।

गाउँपालिका उपाध्यक्षले २७ हजार पाउँदै आएकामा अब ३९ हजार रुपैयाँ पुग्ने गरी मस्यौदा तयार पारिएको छ । यातायात, पत्रपत्रिका, टेलिफोन सुविधा अध्यक्षसँग समान छ । अतिथि सत्कारमा ८ हजार, खानेपानी सरसफाइमा ४ हजार ५ सय र विद्युत् मर्मत सम्भारमा ४ हजार ५ सय रुपैयाँ मासिक सुविधा थप गरिएको छ । बैठक भत्ता ३ सय थप गरी १ हजार रुपैयाँ पाउनेछन् ।

वडाध्यक्षका लागि मासिक २० हजार व्यवस्था भएकामा अब यातायात सुविधा १० हजार, पत्रपत्रिका तीन हजार, टेलिफोन तीन हजार, अतिथि सत्कारमा चार हजार रुपैयाँ पाउनेछन् ।

चाडपर्वबापत वार्षिक १० हजार रुपैयाँ पाउनेछन् । गाउँ कार्यपालिका सदस्यले १२ हजार पाउँदै आएकामा अब यातायातबापत ६ हजार, पत्रपत्रिका र टेलिफोमा तीन/तीन हजार रुपैयाँ पाउनेछन् । चाडवर्पबापत १० हजार र प्रतिबैठक एक हजार रुपैयाँ पाउनेछन् ।

नगरप्रमुखले ३५ हजार रुपैयाँ लिने गरेकामा अब ४७ हजार रुपैयाँ पाउनेछन् । यातायातमा १२ हजार, पत्रपत्रिका, टेलिफोन, खानेपानी र विद्युत्मा प्रतिशीर्षक पाँच हजारका दरले २० हजार र अतिथि सत्कारबापत १५ हजार रुपैयाँ पाउनेछन् ।

उपप्रमुखले ३० हजार पाएकामा अब ४२ हजार पाउनेछन् । अन्य शीर्षकमा समान भए पनि अतिथि सत्कारबापत १० हजार रुपैयाँ छ । नगरपालिकाका वडाध्यक्षले २५ हजार नै पाउनेछन् । उनीहरूका लागि यातायातमा १२ हजार, पत्रपत्रिका र टेलिफोनका लागि प्रतिशीर्षक तीन हजार पाँच सय र अतिथि सत्कारमा छ हजार रुपैयाँ छ । कार्यपालिका सदस्यले २० हजार पाउनेछन् ।

उपमहानगरपालिका प्रमुखले ४० हजार पाउने गरेकामा अब ५२ हजार रुपैयाँ पाउने प्रस्ताव छ । त्यसमा यातायातबापत १२ हजार, अतिथि सत्कारमा १८ हजार, पत्रपत्रिका, इन्टरनेटमा प्रतिशीर्षक पाँच हजार, खानेपानी र विद्युत्मा प्रतिशीर्षक छ हजारका दरले ४७ हजार मासिक रुपैयाँ पाउनेछन् । उपप्रमुखले प्रतिमहिना ४७ हजार रुपैयाँ बुझ्नेछन् । त्यस्तै उपमहानगरका वडाध्यक्षले मासिक २६ हजार रुपैयाँ बुझ्नेछन् ।

उपमहानगरका कार्यपालिका सदस्यले १५ हजार रुपैयाँ मासिक पाउनेछन् । त्यस्तै सभा सदस्यले ९ हजार रुपैयाँ पाउनेछन् । मासिक ४१ हजार बुझ्दै आएका जिल्ला समन्वय समितिका प्रमुखले अब ५३ हजार रुपैयाँ पाउनेछन् ।

उनीहरूका लागि यातायातमा १२ हजार, अतिथि सत्कारमा १८ हजार, पत्रपत्रिका, इन्टरनेटबापत प्रतिशीर्षक ५ हजार र खानेपानी तथा विद्युत्मा प्रतिशीर्षक ६ हजार ५ सय रुपैयाँ दिइनेछ । उपप्रमुखले ३६ हजार पाउँदै आएकोमा ४८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

समितिका सदस्यले १६ हजार रुपैयाँ पाउने गरेकामा त्यति नै प्रस्ताव गरिएको छ । सर्वोच्चको आदेशसँगै ६ प्रदेशका स्थानीय तहका ३० हजार रुपैयाँ बढी जनप्रतिनिधि सुविधाबाट वञ्चित थिए ।

कात्तिक र मंसिरमा पारिश्रमिकबिना काम गरेका जनप्रतिनिधिले पुस लागेपछि खर्च चल्न नसकेको भन्दै सुविधा उपलब्ध गराउने विकल्प खोज्न प्रदेश सरकारका मन्त्री र आफू आबद्ध संस्थामा लबिइङ सुरु गरेका थिए । कान्तिपुरमा खबर छ ।

प्रकाशित: Jan 26, 2020| 07:44 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।