शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना आशंकित थप तीनजना अस्पताल भर्ना, चीनमा सरकार कुर्दै नेपाली विद्यार्थी

कोरोना आशंकित थप तीनजना अस्पताल भर्ना, चीनमा सरकार कुर्दै नेपाली विद्यार्थी

कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको र अर्का एकजना निजी अस्पतालमा भर्ना गरिएकाे छ ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- कोरोना भाइरसका कारण देखिएको त्रास र यसको संक्रमणको अवस्थाको विषयलाई आज (आइतबार)का पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।

triton college

आजको नागरिक दैनिकले कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको र अर्का एकजना निजी अस्पतालमा भर्ना भएको विषयलाई प्राथमिकताका साथ छापेको छ।

संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय एक युवक शुक्रबार शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन्। अस्पताल स्रोतका अनुसार हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको समाचारमा उल्लेख छ ।

त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ। एक निजी अस्पतालमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजना भर्ना भएको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई उधृत गर्दै नागरिकले लेखेको छ ।

यस्तै नागरिकले सभामुखको उम्मेदवारप्रति अन्तर्राष्ट्रिय समुदायले असन्तुष्टि जनाउँदै सभामुखमा पुनर्विचार गर्न गरेको आग्रहलाई मुख्य समाचार बनाएको छ ।

corrent noodles
Metro Mart

मानवअधिकार क्षेत्रमा कार्यरत अन्तर्रा्ष्ट्रिय संघसंस्थाले पूर्ण र स्वतन्त्र अनुसन्धान नभइन्जेल व्यक्ति हत्यामा संलग्न भएको आरोप लागेका अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गर्न सत्तारुढ नेकपालाई आग्रह गरेको समाचारमा उल्लेख छ । २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भएको किटानी जाहेरी दर्ता भएको छ।

आजको नयाँ पत्रिकाले चीनको वुहानमा कोरोना भाइरसको प्रकोप, नेपाल सरकारको प्रतिक्षा गर्दै नेपाली विद्यार्थी शीर्षकमा मुख्य समाचार छापेको छ।

चीनमा रहेका नेपाली विद्यार्थी त्रसित अवस्थामा रहेका छन् भने सरकार जहाज मात्रै पठाइ दिए भाडा आफूहरुले तिर्नेसमेत उनीहरु बताइराखेका छन् ।

चीनमा कोरोना भाइरसका कारण संक्रमितको उपचारमा खटिएका डाक्टरसहित अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ भने यो १२ देशमा फैलिसकेको छ ।

यस्तै रुखाखोकी र ज्वरोको औषधी नपाएर हुम्लामा तीन सातामा सात जनाको मृत्यु भएको विषयलाई पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले कोरोना भाइरस बोकेर चीनबाट फर्किएका युवालाई संक्रमण पुष्टि नहुँदै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

पुष २० गते नेपाल आएर २८ गते अस्पताल भर्ना भएका उनको माघ १० गते संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । तर उनी त्यतिखेर अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

यस्तै कान्तिपुरले स्थानीय तहका जनप्रतिनिधि शीर्षक बदलेर झन बढि सुविधा लिने तयारीमा जुटेको विषयलाई मुख्य समाचार बनाएको छ।

र्वोच्च अदालतले ३ महिनाअघि ६ वटा प्रदेशका कानुन खारेज गरेपछि पारिश्रमिक लिन नपाएका जनप्रतिनिधिलाई पहिलेभन्दा झन धेरै दिने गरि ऐन संसोधनको तयारी भएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Jan 26, 2020| 07:05 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।