डर्टमुण्ड - जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमण्डले शानदार जित निकालेको छ। डर्टमण्डले एफसी कोलोनलाई ५-१ गोल अन्तरले हराएको छ।
घरेलु समर्थकमाझ डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे। उनले ७७ औं र ८७ औं मिनेटमा गोल गरे। यस्तै राफायल गुइरेरो, मार्को रिउस र जाडोन सान्चोले एक/एक गोल गरे।
खेलको पहिलो मिनेटमा राफायलले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। २९ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डको अग्रतालाई दोब्बर बनाए। ४८ औं मिनेटमा सान्चोले गोल गर्दा पाहुना टिम तीन गोलले पछि परेको थियो। ६५ औं मिनेटमा कोलोनका मार्क उथले सान्त्वना गोल फर्काए।
जितसँगै डर्टमण्ड लिगको तेस्रो स्थानमा उक्लिएको छ। डर्टमण्डले १९ खेलमा ३६ अंक जोडेको छ।