बिहीबार, वैशाख १३, २०८१

टर्कीमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु (अपडेट)

पूर्वी टर्कीमा शक्तिशाली भूकम्प गएको छ। ६ दशमलव ८ म्याग्निच्यूड तिव्रता रहेको उक्त भूकम्पमा परि हालसम्म १८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पमा परि सयौं जना घाइते भएका छन्।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौं - पूर्वी टर्कीमा शक्तिशाली भूकम्प गएको छ। ६ दशमलव ८ म्याग्निच्यूड तिव्रता रहेको उक्त भूकम्पमा परि हालसम्म १८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पमा परि सयौं जना घाइते भएका छन्।

triton college

यलाजिग प्रान्तको सिभाइस केन्द्रविन्दू भएर आएको भूकम्पको धक्का छिमेकी मुलुक इरान, सिरिया तथा लेवनानसम्म महसुस गरिएको थियो। भूकम्पका कारण सयौं घरहरु ढलेका छन् भने मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। भूकम्पमा परेकाहरुको उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुको परिचालन गरिएको छ।

टर्कीको आपतकालिन व्यवस्थापन प्राधिकरणले भूकम्पपछि ६० भन्दा बढी पराकम्पन आएको बताएको छ। स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेटमा भूकम्प आएको थियो।

सन् १९९९ मा टर्कीको पश्चिमी सहर इजमितमा आएको भूकम्पमा १७ हजार जनाको ज्यान गएको थियो।

प्रकाशित: Jan 25, 2020| 07:50 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।