बिहीबार, वैशाख १३, २०८१

मेयरको घर तोडफोड प्रयास गर्ने समूहलाई कारवाहीकाे माग

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले चमनचोक टिपर दुर्घटनालाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोड प्रयास गर्ने समूहलाई कानुनी कारवाहीको माग गरेका छन्।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

महेन्द्रनगर- भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले चमनचोक टिपर दुर्घटनालाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोड प्रयास गर्ने समूहलाई कानुनी कारवाहीको माग गरेका छन्।

triton college

प्रवक्ता पाण्डेयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा युवतीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै नगर प्रमुख विष्टको घर तोडफोडको प्रयास र गालीगलौज गरिएको घट्नाको निन्दा गरेका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगर प्रमुख विष्ट डोटी भएको बेला बिहीबार दिउँसोमा चमनचोकमा टिपरको ठक्करले जनज्योति क्याम्पसकी विद्यार्थी रमिता भट्टको निधन भएपछि साँझ घर तोडफोडको प्रयास गरिएको थियो।

प्रवक्ता पाण्डेयले नगर प्रमुख विष्ट घर बाहिर रहेको समयमा तोडफोड र गालीगलौज गरिएको घट्नालाई अमानवीय, हिंसात्मक र ध्वसाँत्मक भएको टिप्पणी गरे।

विज्ञप्तिमा तोडफोड गर्ने समूहमाथि छानबिन गरी कानुनी कारवाही गर्न माग गरिएको छ। ‘राजनीतिक पूर्वाग्रह राखेर नगर प्रमुखज्यूको परिवार रहेको आफ्नै निवास बाहिर हुलहुज्जत, गालीगलौज, ढुङ्गामुढा साथै तोडफोड प्रयास गर्ने जस्ता अमानवीय, हिंसात्मक र ध्वसाँत्मक जस्ता क्रियाकलाप गरिएको घट्नाप्रति यस भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘ यसरी राजनीतिक अवाञ्चित क्रियाकलाप गरी बेकसुर घर परिवारलाई मानसिक रुपमा तर्साउन गरिएका घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको प्रक्रियामा ल्याउन स्थानीय प्रशासनलाई अनुरोध गर्दछौँ।’

corrent noodles
Metro Mart

नगरपालिकाले दुर्घटनामा परी ज्यान गुमाएकी भट्टलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ। विज्ञप्तिमा टिपर चालकलाई कानुनी कारवाहीमा ल्याउन माग गरिएको छ।

प्रकाशित: Jan 24, 2020| 20:15 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।