बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आइतबार

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आइतबार

त्रिपाठीले दायर गरेको रिटमा सभामुखको निर्वाचन प्रक्रिया रोक्न र सापकोटालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– सभामुखका निर्विरोध उम्मेदवार अग्निप्रसाद सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज (शुक्रबार) दायर गरेको रिटमा अदालतबाट ५ वटा विषयमा आदेश माग गरिएको छ।

triton college

उनले दायर गरेको रिटको पेसी आइतबार तोकिएको छ। त्रिपाठीले दायर गरेको रिटमा सभामुखको निर्वाचन प्रक्रिया रोक्न र सापकोटालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

यसैगरी, सापकोटालाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न र सापकोटाको विषयमा विशेष छानविन समिति बनाउने आदेश दिन पनि रिटमा माग गरिएको छ।

सापकोटा काभ्रेका अर्जुन लामाको अपहरण तथा हत्याका आरोपी हुन्। यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। मुद्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ।

सभामुखका लागि १२ माघमा ताेकिएकाे निर्वाचनका लागि सापकाेटाकाे मात्र उम्मेदवारी दर्ता भएकाे छ। उनी निर्विराेध भए पनि घाेषणा भने १२ गतेमात्रै हुनेछ। सर्वाेच्चमा दायर भएकाे रिटकाे पेसी पनि साेही दिनका लागि ताेेकिएकाे छ।  

corrent noodles
Metro Mart

प्रकाशित: Jan 24, 2020| 13:08 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।