बुधबार, वैशाख १२, २०८१

के हो कोरोना भाइरस र कसरी बच्ने ?

विज्ञहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन भीडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किँदा मास्क लगाउन सुझाव दिएका छन्।
 |  शुक्रबार, माघ १०, २०७६

बीबीसी

बीबीसी

शुक्रबार, माघ १०, २०७६

चीनमा अहिले एउटा भाइरसले फोक्सोमा गम्भीर रोग निम्त्याएको छ। त्यो रोग विश्वका अन्य देशमा पनि फैलिइसकेको छ।

triton college

मध्यचीनको वुहान सहरमा देखा परेको कोरोना भाइरसको संक्रमणका कारण २५ जनाको ज्यान गइसकेको छ। यसबाट सयौँ संक्रमित भएका छन्।

बिरामीलाई निमोनिया गराउने नयाँ भाइरस विश्वभरिका स्वास्थ्य अधिकारी तथा विज्ञहरूका लागि चिन्ताको विषय हो।

विश्व स्वास्थ्य सङ्गठनले अहिले देखिएको नयाँ भाइरसको संक्रमण चीनको लागि सङ्कटकाल भए पनि त्यो बाँकी विश्वका लागि त्यस्तो नभइसकेको बताएको छ। डब्लूएचओले कोरोना भाइरस विश्वका अन्य देशहरूमा सीमित मात्रामा मात्रै देखिएको जनाएको छ।

बीबीसीकी विश्व स्वास्थ्य संवाददाता टुलिप मजुमदर भन्छिन्, ‘प्रारम्भिक अध्ययनअनुसार यो भाइरस सरेका व्यक्तिहरूबाट निकै कम मानिसमा सरिरहेको देखिएको छ। संक्रमितमध्ये एक चौथाइको मात्र ज्यान गइरहेको छ।’

corrent noodles
Metro Mart

चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। अन्य एसियाली देश र अमेरिकामा पनि यो भाइरस पुगिसकेको छ। जापानमा दोस्रो संक्रमितको उपचार भइरहेको घोषणा गरिएको छ।

यो भाइरस के हो ?

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला संक्रमण कोरोना भाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरैमध्ये छ वटाले मात्र मानिसहरूलाई संक्रमित तुल्याइरहेका छन्।

अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको संख्या सात पुग्न जान्छ।

सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई संक्रमित तुल्याएको थियो। ती मध्ये सात सय ७४ जनाको ज्यान गयो।

वेलकम ट्रस्ट नामक संस्थाकी डक्टर रोजी गोल्डिङको भनाइमा ‘सार्सको बलियो स्मृति अझै बाँकी नै छ र अहिले देखिएको त्रास त्यसैको एक प्रभाव हुन सक्छ।’

तर अहिले चिकित्सकहरू यस्ता संक्रमणसँग जुध्न धेरै नै तम्तयार भइसको उनले बताइन्।

लक्षणहरू कस्ता हुन्छन् ?

कोरोना भाइरसको संक्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो।
तर यो संक्रमण सार्सको संक्रमण जति गम्भीर प्रकृतिको नहुने उनको भनाइ छ।

यो कति घातक छ?

कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ। त्यो भनेको जम्मा संक्रमितको तीन प्रतिशत मात्रै हो।

तर यो संक्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको संख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन्।

अहिलेसम्म ८३० जना संक्रमित भएका विवरण प्राप्त भएका छन्।

त्यसमाथि चिकित्सकहरूले थाहै नपाएको संक्रमण कति छ भन्ने अझै प्रष्ट भइसकेको छैन।

यो कहाँबाट आयो ?

नयाँ भाइरसहरू जुन बेला पनि देखिइरहन्छन्।

उनीहरू एउटा प्रजातिबाट फरक बन्दै मानव शरीरमा प्रवेश गर्छन्। 

नटिङ्घम विश्वविद्यालयका भाइरसविद् प्रोफेसर जोनाथन बलको भनाइमा 'अहिले देखिएको भाइरस यदि कोरोनाभइरस हो भने त्यो कुनै जनावरको खोरबाट आएको हुनु पर्छ।'

सार्स भाइरस वनमा पाइने सानो बिरालोबाट मानवमा प्रवेश गरेको थियो।

सन् २०१२ तिर मध्यपूर्वमा देखिएको मेर्स सार्ने भाइरस चाहिँ उँटबाट मानिसमा सरेको थियो।

त्यसले संक्रमित झन्डै तीन हजार मध्ये आठ सय ५८ जनाको ज्यान लिएको थियो।

विज्ञहरू भन्छन्– एक पटक जनावरको खोर र तिनलाई राखिने स्थानको खोजी गरियो भने समस्याको जरो थाहा पाउन सजिलो हुन्छ।

कोरोनाभाइरस चाहिँ वुहान सहरको समुद्री माछा होलसेल बजारबाट आएको हुन सक्ने अनुमान गरिएको छ।

कसरी सर्छ ?

चिनियाँ स्वास्थ्यविद् भन्छन्– यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ।

कोरोना भाइरसको यो नयाँ संक्रमणका कारण मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्छ।

विज्ञहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन भिडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउन सुझाव दिएका छन्।

ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ।

प्रकाशित: Jan 24, 2020| 11:31 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्