शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको नक्कली रिपोर्ट बनाउने गंगालालका स्वास्थ्यकर्मी जोगाउन महान्यायाधिवक्ताको धम्की

कोरोनाको नक्कली रिपोर्ट बनाउने गंगालालका स्वास्थ्यकर्मी जोगाउन महान्यायाधिवक्ताको धम्की

सहिद गंगालाल हृदयरोग केन्द्रमा कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने कर्मचारीलाई कारबाही गर्न आनाकानी हुँदा केन्द्रका कर्मचारीहरू रुष्ट बनेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, भदौ २०, २०७८

काठमाडौं- सहिद गंगालाल हृदयरोग केन्द्रमा कोरोना परीक्षणको नक्कली रिपाेर्ट बनाउने कर्मचारीलाई कारबाही गर्न आनाकानी हुँदा केन्द्रका कर्मचारीहरू रुष्ट बनेका छन्। 

triton college

कोरोना पोजिटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ भएको नक्कली रिपाेर्ट बनाउने काममा संलग्न भएको केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादव ३ महिना निलम्बनमा परेका थिए। उनी निलम्बन अवधि सकिएर कार्यालयमा हाजिर भएका छन्। उनी हाजिर भएपछि अस्पतालका कर्मचारीहरू रुष्ट भएका हुन्।

गत वैशाखमा यादवले नक्कली पिसिआर रिपाेर्ट बनाइदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरिरहेको भिडियो बाहिरिएको थियो। सो भिडियो बाहिरिएपछि तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अस्पतालका कार्यकारी निर्देशकलाई पत्र लेख्दै ती कर्मचारीलाई कारबाही गर्न आदेश दिएका थिए। सोही अनुसार विनोदकुमार यादवलाई ३ महिना निलम्बन गरियो।

अस्पताल सञ्चालक समितिको बैठकबिना नै त्रिपाठीले कारबाहीको लागि सिफारिस गरेको भन्दै अहिले उपसमिति बनाएर छानबिन भइरहेको छ। हुन त अस्पताल सञ्चालक समितिका अध्यक्ष स्वास्थ्यमन्त्री हुने व्यवस्था छ। तर कुनै निर्णय गर्नका लागि बोर्डको बैठक हुनुपर्नेमा त्रिपाठीले सिधै अस्पतालका कार्यकारी निर्देशकलाई पत्र लेखी आवश्यक कारबाहीका लागि भनेका थिए। सोहीअनुसार यादव ३ महिना निलम्बित अवधिपछि हाल अस्पताल हाजिर भएका छन्।

यादव निलम्बित भएपछि उनले निलम्बनविरुद्ध पाटन अदालतमा उजुरी दिएका थिए तर अदालतले उनको उजुरी खारेज गरिदिएको थियो।

corrent noodles
Metro Mart
गत वैशाखमा यादवले नक्कली पिसिआर रिपाेर्ट बनाइदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरिरहेको भिडियो बाहिरिएको थियो। सो भिडियो बाहिरिएपछि तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अस्पतालका कार्यकारी निर्देशकलाई पत्र लेख्दै ती कर्मचारीलाई कारबाही गर्न आदेश दिएका थिए। 

उनी निलम्बित भएपछि छानबिनका लागि अस्पताल सञ्चालक समितिले आन्तरिक समिति गठन गरेको थियो। उक्त समितिले बुझाएको प्रतिवेदनमाथि विनोद यादव र अस्पतालका केही कर्मचारीले असन्तुष्टि जनाएपछि अस्पताल समितिले अर्को उपसमिति गठन गरेको छ। उक्त उपसमितिले छानबिन गरी सजाय तोक्न सक्ने अधिकार दिइएको छ।

हृदयरोग केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको छ। समितिमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा. शंकर काफ्ले सदस्य छन्। उक्त उपसमितिले छानबिन सुरु गरिसकेको उपसमितिका एक सदस्यले बताए।

आन्तरिक समितिले बुझाएको प्रतिवेदनमा यादव दोषी देखिएका छन्। आन्तरिक छानबिनका लागि पनि अस्पताल सञ्चालक बोर्डले ३ जना सदस्य छानबिन समिति गठन गरेको थियो। जसमा अस्पतालका एक कर्मचारी र २ चिकित्सक रहेका थिए।

आन्तरिक समितिले यादवको कम्युटरबाट ९० थान नक्कली रिपाेर्ट सिल गरेको थियो। हृदयरोग केन्द्रमा संकलन गरिएको स्वाबको परीक्षण त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेको देखाइएको छ भने एक निजी क्लिनिक धौलागिरि क्लिनिकको बिल फेला पारेको थियो।

यस विषयमा त्रिवि शिक्षण अस्पतालले टिचिङको ल्याबले त्यस्तो कुनै किसिमको रिपाेर्ट आफ्नोबाट नदिएको बताएको छ।

यादवले प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँमा नक्कली रिपाेर्ट बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्नेलगायतका गैरकानुनी काम गरेका थिए। अब उपसमितिलाई यादवलाई केन्द्रको नियमावली अनुसार सजाय गर्न सिफारिस गरिएको छ ।
समितिका एक सदस्यले भने, ‘हृदयरोग केन्द्रको यादवको कार्यकक्षमा पनि संकलन गरेको तर परीक्षण नगरेको स्वाब भेटिएको छ । स्वाब केन्द्रमा नै छ तर उक्त व्यक्तिको नेगेटिभ रिपाेर्ट आइसकेको भेटिएको छ।’ आन्तरिक छानबिनमा समितिले यादवले गल्ति गरेको पुष्टि गरिसकेको छ।

यादवले प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँमा नक्कली रिपाेर्ट बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्नेलगायतका गैरकानुनी काम गरेका थिए। अब उपसमितिलाई यादवलाई केन्द्रको नियमावली अनुसार सजाय गर्न सिफारिस गरिएको छ ।

तर यादवले गल्ति स्वीकार नगरेको स्रोतले बताएको छ। स्रोतका अनुसार यादवले उक्त भिडियो इडिट गरेर फसाउन खोजिएको भन्ने दाबी गरेका छन्।

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५८ अनुसार यदि कुनै पनि कर्मचारीलाई भविष्यमा सो सेवाबाट योग्य हुने गरी वा अयोग्य हुने गरी बर्खास्त गर्न सकिने व्यवस्था छ।

नियमावलीको १३.७ को (ख) अनुसार सञ्चालक समितिले तीन सदस्यीय उपसमिति गठन गर्न सकिने व्यवस्था छ। सो व्यवस्थाअनुसार नै सञ्चालक समिति तीन सदस्यीय छानबिन तथा सजाय उपसमिति गठन गरेको छ। भदौ २ गते पत्रानुसार उक्त समितिले २१ दिनभित्रमा प्रतिवेदन बुझाइसक्नुपर्नेछ। उपसमिति गठन भएको दुई साता भएको छ। उपसमितिले छानबिन सुरु गरिसकेको उपसमितिका एक सदस्यले बताए।

आन्तरिक समितिले प्रतिवेदन वैशाखमा नै बुझाए पनि हालसम्म कारबाही हुन सकेको छैन। यथेष्ट प्रमाण हुँदाहुँदै पनि कारबाहीको लागि आनाकानी गरेको भन्दै कर्मचारीहरू रुष्ट बनेका छन्। 

कारबाहीको लागि उक्त उपसमितिलाई धम्की आउन थालेको बताइएकाे छ। स्रोत भन्छ, ‘यादवको राजनीतिक पावर धेरै देखिएको छ। रेणु यादव, चित्रलेखा यादव, महान्यायधिवक्ता खम्बबहादुर खातीलगायतको प्रयोग गरी विनोद यादवलाई दोषी नठहर्‍याउन धम्की दिन थालेका छन्। यसभन्दा अगाडि आन्तरिक छानबिन समितिले छानबिन गर्दा पनि अघिल्लो सरकारको सचिवालयबाटै फोन गरी यादवलाई नहटाउन भनेका थिए।’


अस्पतालका एक अधिकारी भन्छन्, ‘यादवलाई कारबाही नगर्नका लागि निकै चर्को दबाब छ। अघिल्लो सरकारको सचिवालयबाट पनि कारबाही नगर्न धम्की आएको थियो। यादवको राजनीतिक पावर निकै ठूलो रहेछ।’

उपसमितिका एक सदस्यले भने, ‘कीर्ते रिपोर्ट बनाउनका लागि कति जनाको संलग्नता देखिएको छ भन्ने अनुसन्धानकै क्रममा छ। स्वाब संकलनमा संलग्न भनिएका एक व्यक्ति अझै फरार छन्। उनकाे प्रहरीले खोजी गरिरहेको छ। यादवको कार्यकक्षभित्रै स्वाब संकलन गरिरहेका भिडियोमा देखिएका व्यक्ति ल्याबसँग सम्बन्धित व्यक्ति नै नभएको जनाइएको छ।'

विनोद यादवले पनि भिडियो आफ्नो भए पनि आवाज अरुकै जोडेको दाबी गरे। तर अस्पतालका कर्मचारीहरू भने उक्त आवाज विनोद यादवकै भएको बताउँछन्। अस्पतालका एक अधिकारीका अनुसार अस्पतालमा पनि राजनीतिक दलका नेताहरूले दबाब दिएका छन्।

यस विषयमा अस्पतालका निर्देशक चन्दमणि अधिकारी भन्छन्, ‘मैले कारबाही गर्न मिल्दैन, छानबिन र कारबाहीको लागि समिति तथा उपसमिति बनेका छन्, उनीहरूले कारबाही गर्ने हो। भिडियो बाहिरिएपछि छानबिनका लागि समिति बनेको थियो। उसले छानबिन गरी प्रतिवेदन बुझाएको छ, प्रतिवेदनमाथि छलफल तथा सजायका लागि उपसमिति बनेको छ। उनीहरूले नै गर्ने हो मलाई यसमा अधिकार छैन।’

आन्तरिक समितिले प्रतिवेदन वैशाखमा नै बुझाए पनि हालसम्म कारबाही हुन सकेको छैन। यथेष्ट प्रमाण हुँदाहुँदै पनि कारबाहीको लागि आनाकानी गरेको भन्दै कर्मचारीहरू रुष्ट बनेका छन्। यादवलाई जोगाउनका लागि अस्पतालका केही कर्मचारीहरू पनि लागिपरेको बताइएकाे छ।

प्रकाशित: Sep 05, 2021| 13:00 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।