जनकपुर - राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दुबै पदमा नेकपा-राजपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। खुलातर्फ राजपाका मृगेन्द्रसिंह यादव विजयी भए। उनले कांग्रेस-समाजवादी गठबन्धनको समाजवादीका नेता अनिरुधप्रसाद सिंहलाई पराजित गरे।
यादवले ५४०० मतभार प्राप्त गर्दा समाजवादीका सिंहले ४५१२ मतभार पाए।
यसअघि दलित कोटाबाट नेकपा-राजपा गठबन्धनका राधेश्याम पाशवान र महिलाबाट सोही गठबन्धनकी तुलसा दाहाल विजयी भइसकेका छन्।
त्यस्तै अल्पसंख्यक समूहबाट राजपाका शेखरप्रसाद सिंह ५२०२ मतभारसहित विजयी। प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भोला पंजियार ४११२ मत ल्याएर पराजित भए।