काठमाडौं– चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको कारण सर्प रहेको हुन सक्ने एक अध्ययनले देखाएको छ।
चीनको पेकिङ विश्वविद्यालयस्थित जर्नल अफ मेडिकल भाइरोलोजीले गरेको अनुसन्धानका अनुसार मध्य तथा दक्षिणी चीन र दक्षिण एसियामा पाइने ताइवानी क्रेइट नामक कोब्रा प्रजातिको सर्पबाट उक्त भाइरस मानिसमा सरेको हो। यद्यपि, भाइरसको बारेमा धेरै प्रश्न अनुत्तरित भएको अध्ययनमा भनिएको छ।
चीनमा कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन स्थानीय सहरले यातायात, उडान आवतजावत बन्द गरी सावधानी अपनाउन थालेका छन्।
सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ । भाइरसको संक्रमणबाट १७ चिनियाँको मृत्यु भइसकेको छ ।