बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसकाे त्रास: त्रिभुवन विमानस्थलका स्वास्थ्यकर्मी हाइ अलर्टमा

कोरोना भाइरसकाे त्रास: त्रिभुवन विमानस्थलका स्वास्थ्यकर्मी हाइ अलर्टमा

पशुबाट मानिसमा सर्ने भनिएको यो भाइरस यतिबेला मानिसबाट मानिसमा पनि सर्ने पुष्टि भइसकेको छ । श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै नेपालले पनि उच्च सतर्कता अपनाउन थालेको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– केही दिनअघि चीनको वुहान सहरबाट फर्केका एक नेपालीलाई सामान्य ज्वरो आयो । उनी कोरोना भाइरस संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पुगे । केही दिनको उपचारपछि उनी सामान्य भएर घर फर्किएका छन् ।

triton college

तीन साताअघि चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिएको छ । चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अमेरिकामा समेत यो भाइरस पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

पशुबाट मानिसमा सर्ने भनिएको यो भाइरस यतिबेला मानिसबाट मानिसमा पनि सर्ने पुष्टि भइसकेको छ । श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै नेपालले पनि उच्च सतर्कता अपनाउन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क अवस्थामा राखेको महाशाखाका प्रमुख डा. विवेक लालले जानकारी दिए।

नेपालमा चीनलगायत कोरिया, थाइल्याण्ड, हङकङ, जापान आदि देशबाट सिधा उडान भएकाले विमानस्थलमा रहेका स्वास्थ्यकर्मीलाई अलर्ट राखिएको हो ।

corrent noodles
Metro Mart

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले आफूहरु हाइ अलर्टमा रहेको जानकारी दिए । विमानस्थलमा अहिले डाक्टर, नर्सिङ अधिकृत गरी ५ जनाको टोलीले निगरानी गरिरहेको छ । पाण्डेका अनुसार चीन, जापान, थाइल्याण्ड र कोरियाबाट आउने यात्रुहरुलाई विशेष निगरानी गरिएको छ ।

उपचारको लागि आवश्यक उपकरणहरु पनि विमानस्थलमै जडान गरिएको छ । संक्रमित देशबाट आउने यात्रुहरुलाई स्वास्थ्य फर्म भर्न लगाइएको छ । पाण्डेले भने, ‘हेर्दा बिरामी जस्तो देखिने वा शंकास्पदलाई हामीले छुट्टै राख्छौँ र परीक्षण गरेरमात्र पठाउने गरेका छौँ ।’

विमानस्थलमा खटिएका स्वास्थ्य कर्मचारीलाई विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) सेट उपलब्ध गराइएको छ । पीपीई सेट भन्नाले संक्रमित र जोखिमपूर्ण क्षेत्रमा काम गर्न जाने स्वास्थ्यकर्मीले लगाउने सुरक्षित ड्रेस हो । यसमा जुत्तादेखि टाउको छोप्नेसम्मको सबै सेट हुन्छ । अर्थात्, शरीरमा संक्रमण छिर्न नदिने अन्तर्राष्ट्रिय मापदण्डको सेट हो यो ।

नेपालमा चीनबाट आएका एकजनामा संक्रमण शंका गरिएको थियो । उनी उपचारपछि ठिक भइसकेका छन्। त्यसपछि कसैलाई संक्रमण भएको पाइएको छैन । पाण्डेले भने, ‘विश्व स्वास्थ्य संगठनले स्वास्थ्य इमर्जेन्सी घोषणा नगर्दासम्म सबै यात्रुलाई परीक्षण गर्न मिल्दैन । त्यसैले अहिले शंकास्पद व्यक्तिलाई मात्रै परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट निर्देशन आए सबैको परीक्षण गर्छौं।’

प्रकाशित: Jan 23, 2020| 13:59 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।