काठमाडौं– भ्रष्टाचारविरुद्धको अभियानमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहकार्य गर्ने भएका छन्।
बिहीबार नेकपाका नेताहरुले जनकपुरधामस्थित राउतको निवासमा भेटेर उनीसँग यसबारे छलफल गरेका छन्।
नेता रामकुमार शर्माको नेतृत्वमा नेकपाका नेताहरु राउतलाई भेट्न निवासमा पुगेका थिए। छलफलमा भ्रष्टाचारविरुद्ध तथा चुरे संरक्षणका विषयमा सर्वदलीय गठबन्धन बनाउने विषयमा सकारात्मक छलफल भएको शर्माले जनाए।