बिहीबार, वैशाख १३, २०८१

माछापुच्छ्रे क्यापिटललाई मर्चेन्ट बैंकरको अनुमति

 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं। चेम्बर भवन, जमल काठमाडौमा मुख्य कार्यालय रहेको माछापुच्छे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ । यस अनुमति पश्चात माछापुच्छे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।
चुक्ता पूँजी २० करोड रहेको माछापुच्छे क्यापिटल लि.ले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पूर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्नेछ ।

प्रकाशित: Jan 23, 2020| 12:04 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्