शुक्रबार, वैशाख ७, २०८१

एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट

सम्झौता अनुसार अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिए ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– काठमाडौं नेचुरोपेथी अस्पताल वसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ ।

triton college

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरापेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच भएको सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने उल्लेख छ ।

सम्झौता अनुसार अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिए ।

सम्झौता समारोहमा एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गौरीराज जोशी, अस्पतालका कार्यकारी निर्देशक शारदा गैरे, मेडिकल निर्देशक डा. यञ्जन गैह्रे, प्रबन्धक विनादेवी घिमिरे लगायतको उपस्थिति थियो ।

यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र उनीहरुका परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 23, 2020| 11:55 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्