बुधबार, वैशाख १२, २०८१

‘निर्माण व्यवसायीले काम गर्ने वातावरण छैन’

घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्यहरु, भ्याट तथा राजस्, प्रतिवद्धता कार्यान्वयन, व्यावसायिक प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यावसायिक सुदृढीकरण लगायतका बुँदाहरुमा समेटिएको छ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकभित्र निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नरहेको बताएका छन्। राज्यले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन नसकेकाले काम गर्ने वातावरण नरहेको अध्यक्ष सिंहको भनाइ छ।

triton college

हालै सम्पन्न महासंघको २१ औं साधारण सभा तथा नेपाल बिल्डटेक एक्स्पोका बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले राज्य निर्माण व्यवसायीहरुलाई सुरक्षा दिन असफल भएको बताए ।

“विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करिब २० करोडभन्दा बढीको उपकरणमा आगजनी गरिएको छ,” अध्यक्ष सिंहले भने। महासंघका सल्लाहकार रमेश शर्माले असुरक्षाका कारण साइटमा मजदुरहरु बस्न सक्ने अवस्था नरहेको बताए । महासंघको २१ औं साधारण सभाले ३० बुँदे घोषणापत्र जारी गर्दै पूर्वाधार मैत्री नीतिगत व्यवस्थाले मात्र विकास निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने ठहर गरेको महासंघका महासचिव रोशन दाहालले बताए ।

महासंघको साधारण सभासँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा सम्पन्न नेपाल बिल्डटेक एक्स्पो २०२० करीब ५ हजारले अवलोकन गरेको महासंघले जनाएको छ । एस्क्पोमा करिब २ अर्ब बराबरको प्रतिवद्धता सहितको कारोबार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित: Jan 22, 2020| 17:19 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्