शनिबार, वैशाख ८, २०८१

सापकोटाविरुद्ध माइतीघरमा प्रदर्शन

हत्या आरोपमा मुद्दा खेपिरहेका अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं - हत्या आरोपमा मुद्दा खेपिरहेका अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सापकोटाविरूद्ध माइतीघर मण्डलमा बुधबार प्रदर्शन गरिएको हो।

triton college

द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरेको हो। अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउन उनीहरुले मागसमेत गरेका छन्।

मानवअधिकार र कानुनी शासन कायम गर, मानवअधिकारको सम्मान गर, द्वन्द्वपीडितलाई थप अपहेलित र अपमानित नगर जस्ता नारा लगाउँदै सापकोटाविरुद्ध प्रदर्शन भएको छ।

सभामुखमा उम्मेद्वारी दिएका सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध काभ्रे छत्रेबाँझका अर्जुन लामाको अपहरण गरी हत्या गरेको आरोप छ। उनको मुद्दा संवैधानिक इजलासले हेरिरहेको छ।

फौजदारी अभियोग लागेको मान्छेलाई सार्वभौमसत्ता सम्पन्न संसदको सभामुख बनाउँदा कानुनी राज्यको उपहास हुने संविधानविद् र मानवअधिकारकर्मीले बताएका छन्। सापकोटालाई सभामुख बनाउने निर्णयले कानुनी राज्यको उपहासका साथै अन्तर्राष्ट्रिय जगतमा देशको शिर निहुराउने काम भएको उनीहरुको भनाइ छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 22, 2020| 17:15 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।