बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै  शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ।

कांग्रेसको आशन्न महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले सर्वोच्चमा रिट हालेका थिए।

कोरोना संक्रमणका कारण महाधिवेशन गर्न नहुने र कानुनी रूपमा कांग्रेसको वैधता २०७९ साल जेठ ३० गतेसम्म कायम रहने तर्कसहित वैद्य सर्वोच्च अदालत पुगेका हुन्। कांग्रेसको महाधिवेशनले कोरोना नफैलाओस्, कोरोना व्यवस्थापन भइसकेपछि सबै नेपालीले भ्याक्सिन लगाइसकेपछि अनि भव्यताका साथ नेपाली कांग्रेसको महाधिवेशन गरौं भनेर सर्वोच्चमा रिट हालेको वैद्यले बताए। 

एमाले र माओवादीको महाधिवेशन नभएको पनि धेरै समय भएकाले कांग्रेसमात्रै अवैध हुन्छ भन्न नमिल्ने तर्क उनले रिट निवेदनमा गरेका छन्। कांग्रेसको वर्तमान कार्यसमिति ०७३ मंसिर ३० गतेदेखि गणना हुने वैद्यको जिकिर छ। ५ वर्ष नाघेको कुरा व्यवहारिक भएको उनको भनाइ छ। 
प्रकाशित: Sep 05, 2021| 11:40 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...