शनिबार, वैशाख ८, २०८१

जाडोमा कसरी हुन्छ कोठामा सामूहिक मृत्यु ?

जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन् ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं- दामनको एभरेष्ट पानोरमा होटलमा आठ जना भारतीय पर्यटकको मृत्यु भएको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

triton college

भारतबाट नेपाल घुम्न आएका १५ जनाको टोलीमध्ये आठ जना ग्यास हिटर बालेर सुतेका थिए । बन्द कोठमा ग्यास हिटर बाल्दा हावा भित्र बाहिर हुन नपाई कार्बन मोनोअक्साइड विषाक्तताले उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको अन्नपूर्ण पोस्ट्ले ब्युँझिएनन् आठै जना शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै कोठमा कसरी सामुहिक निधन हुन्छ भन्ने विषयलाई पनि अन्नपूर्णले उठान गरेको छ ।

समाचारमा लेखिएको छ– मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरूका शवमा चोटपटक देखिएको छैन । विभागका वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीका अनुसार कमै हुने घटना हो यो ।

गत मंसिर अन्तिम साता कीर्तिपुर–८ सुन्दर बस्तीका नवराज रञ्जितकारले पत्नी र शिशु गुमाएका थिए। सुत्केरी पत्नी र दुईमहिने शिशुलाई तातो गराउन राति मकलमा कोइला बालेर सुतेका थिए। बिहान उठ्दा पत्नी र शिशुको ज्यान गइसकेको थियो।

corrent noodles
Metro Mart

जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन् । पहिलो फुड प्वाइजनिङ हुनु र दोस्रो निसास्सिनु।

‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर वा मकल बालेर बस्छन्। तातो वातावरणमा निदाउँछन्। सधैंका लागि निदाउन पुग्छन्’, चिकित्सक वस्तीले भने ।

उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ । दुर्घटनाका अन्य कारण छैनन् भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको उनले बताए।

यस्तै कान्तिपुर दैनिकले पनि हिटर बालेर सुतेकाहरु उठेनन् शीर्षकमा मुख्य समाचार छापेको छ ।

चिसो सहन नसकेपछि राति करिब २ बजे जबर्जस्ती गरेर रेस्टुरेन्टमा बलिरहेको ग्यास हिटर बोकेर लगी दुई परिवारका ८ जना एउटै कोठामा सुतेका समाचारमा उल्लेख छ । यस्तै कार्बन मोनोअक्साइड विषाक्तताले कसरी ज्यान लिन्छ ? भनेर पनि कान्तिपुरले लेखेको छ।

यस्तै कान्तिपुर दैनिकले डेपुटी गभर्नर श्रेष्ठलाई मन्त्रिपरिषद्बाट उन्मुक्ति शीर्षकमा मुख्यसमाचार छापेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध प्रयाप्त आधार हुँदा हुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको समाचारमा उल्लेख छ ।

दामन घटनालाई महत्वका साथ छापेको नयाँ पत्रिकाले उखु किसानले अझै भुक्तानी नपाएको विषयलाई भने नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ ।

उखु किसानको जम्मा १६ करोड भुक्तान, एक अर्ब बाँकी शीर्षकमा खबर छापेको छ । यस्तै अन्नपूर्ण पोस्ट्ले पनि जिल्याइए उखु किसान शीर्षकमा खबर लेखेको छ ।

यस्तै आजका पत्रपत्रिकाले धादिङमा भएको ट्रक दुर्घटनामा ७ जनाले ज्यान गुमाएको विषयलाई पनि महत्वका साथ छापेका छन् ।

आजको नागरिक दैनिकले भने सरकारले संसद्मा पेस गरेका विधेयकहरु एकपछि अर्को गर्दै विवादित बनेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले विवादित नौ विधेयक, सरकारको नियत खराब शीर्षकमा खबर लेखेको छ ।

यस्तै सभाभुखमा अग्नि सापकोटा निर्विरोध भएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित: Jan 22, 2020| 06:58 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।