शुक्रबार, वैशाख ७, २०८१

राजपा : ठाकुर पक्षका नेताहरुद्वारा सरकारमा नजान दबाब

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र राष्ट्रियसभाको निर्वाचनपछि सरकारमा सहभागी हुने विषयमा चर्चा चलेको छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र राष्ट्रियसभाको निर्वाचनपछि सरकारमा सहभागी हुने विषयमा चर्चा चलेको छ।

triton college

राजेन्द्र महतोलगायतका नेताहरुले सांसद रेशम चौधरीको रिहाई र संविधान संशोधनको प्रक्रिया अगाडि बढे सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन्।

तर, महन्थ ठाकुर पक्षधर नेताहरुले सरकारमा सहभागी नहुन दबाब दिएका छन्। ठाकुर पक्षका ५ जना उपाध्यक्ष र महेन्द्र राय यादवका एक जना उपाध्यक्षले सरकारमा सहभागी नहुन पार्टीभित्र दबाब दिएका छन्।

अध्यक्ष मण्डललाई सम्बोधन गर्दै उनीहरुले संयुक्त रुपमा ध्यानाकषर्ण गराएका छन्।

मधेश आन्दोलनका मागहरु सम्बोधन नभएको अवस्थामा सरकारमा सहभागी नहुन उनीहरुले दबाब दिएका छन्।

corrent noodles
Metro Mart

सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन र आदिवासी जनजातिको मुद्दामा सरकार क्लियर नभएसम्म सरकारमा सहभागी हुन नहुने उनीहरुको माग छ।

उनीहरुले सरकारमा सहभागी हुने विषयमा केन्द्रीय समितिमा छलफल हुनुपर्ने जनाएका छन्।

दबाब दिने उपाध्यक्षहरुमा ठाकुर पक्षका सर्वेन्द्रनाथ शुक्ला, बृषेश चन्द्र लाल, गोविन्द चौधरी, महासचिव विजय कुमार सिंह रहेका छन्। यसैगरी महेन्द्र राय यादव पक्षका उपाध्यक्ष रमेश प्रसाद यादव रहेका छन्।

प्रकाशित: Jan 21, 2020| 19:39 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।