शनिबार, वैशाख ८, २०८१

राष्ट्रियसभा निर्वाचन : होटलमा राखिए राजपाका मतदाता

राष्ट्रियसभा सदस्य निर्वाचन हुन दुई दिन बाँकी छँदा राष्ट्रिय जनता पार्टी (नेपाल) का मतदाताहरुलाई बर्दिवासस्थित एक होटलमा राखिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ का सबै मतदाताहरुलाई महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलामा राखिएको छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

जनकपुरधाम - राष्ट्रियसभा सदस्य निर्वाचन हुन दुई दिन बाँकी छँदा राष्ट्रिय जनता पार्टी (नेपाल) का मतदाताहरुलाई बर्दिवासस्थित एक होटलमा राखिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ का सबै मतदाताहरुलाई महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलामा राखिएको छ।

triton college

पार्टी अध्यक्षमण्डलको निर्णयअनुसार मंगलबार र बुधबार बर्दिवासस्थित होटलमा राख्ने व्यवस्था भएको जनाइएको छ। दुईदिन बर्दिवासमा राखेर राष्ट्रियसभा निर्वाचनको दिन मतदानको लागि मतदाताहरुलाई सोझै जनकपुर ल्याउने योजना छ। मतदाताहरुलाई मतदानलगायत पार्टीको विषयमा प्रशिक्षण दिइने भनेर होटलमा राखिएको प्रदेशसभाका एकजना सदस्यले बताए।

बर्दिवासस्थित होटलमा राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवबाहेक अध्यक्षमण्डलका सबै सदस्यहरुसमेत पुगेका छन्। ती प्रदेशसभा सदस्यकाअनुसार राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव बर्दिवास पुगेका छन्।

मतदानमा ‘फ्लोर क्रस’ गर्नसक्ने आशंकामा राजपाका मतदाताहरुलाई प्रशिक्षणको नाममा होटलमा राखिएको कतिपयले अथ्र्याएका छन्। राष्ट्रियसभा निर्वाचनमा नेकपासँगको सहकार्य र टिकट वितरणप्रति राजपाभित्र विवाद देखिएको छ। प्रदेशसभा सदस्यसहित स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयर गरी प्रदेश २ मा राजापाबाट ७९ जना मतदाता छन्।

प्रकाशित: Jan 21, 2020| 18:28 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।