शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • रेकर्डको संघारमा पुगेका रोहित भन्छन्- मैदानमा टिकेर खेल्नु नै मेरो लक्ष्य

रेकर्डको संघारमा पुगेका रोहित भन्छन्- मैदानमा टिकेर खेल्नु नै मेरो लक्ष्य

इन्डिया–इंग्ल्यान्डको जारी चौथो टेस्टको पहिलो पारीमा रोहित शर्माले २७ बलमा ११ रन बनाए भने दोस्रो पारीमा १२७ रनको शतकीय पारी खेले।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- इन्डिया–इंग्ल्यान्डको जारी चौथो टेस्टको पहिलो पारीमा रोहित शर्माले २७ बलमा ११ रन बनाए भने दोस्रो पारीमा १२७ रनको शतकीय पारी खेले।

triton college

रोहितले कमजोर प्रदर्शन गरेको पहिलो पारीमा इन्डियाले १९१ रन बनाएको थियो। यता अहिले इन्डियाले आफ्नो दोस्रो पारी खेलिरहेको छ। जहाँ उसले तेस्रो दिन सकिँदा तीन विकेटको क्षतिमा २७० रन बनाइसकेको छ।

जस क्रममा ओपनर रोहित शर्मा १२७ रन बनाउँदै आउट भएका छन् भने केएल राहुलले ४६ रन बनाएका छन्। त्यस्तै, दोस्रो पारीमा चेतेस्वर पुजाराले ६१ रनको अर्धसतकीय पारी खेले।

त्यसपछि मैदान छिरेका कप्तान विराट कोहली र रविन्द्र जडेजा अहिले ब्याटिङका लागि मैदानमा छन्। चौथो टेस्टमा मिश्रित प्रदर्शन गरेका रोहितले आफ्नो पहिलो लक्ष्य धेरै बल खेल्ने र सम्भव भएसम्म लामो समय मैदानमा रहने बताएका छन्।

उनले तेस्रो दिनको खेलसम्ममा ओभल मैदानमा भएको दुई पारीमा २५६ बल खेल्न सके। २१ शताब्दिको एकै इनिङमा यति धेरै बल खेल्ने रोहित तेस्रो खेलाडीसमेत बनेका छन्। उनी राहुल द्रविड र मुरली विजयभन्दा पछि छन्।

corrent noodles
Metro Mart

जहाँ अर्को (पाँचौ) टेस्ट पनि बाँकी नै छ। त्यो खेलमा उनी आफ्नो रेकर्ड बनाउने तरखरमा छन्। उनले अहिलेसम्म ८५६ बल खेलिसकेका छन्। उनी धेरै बल खेल्ने इन्डियन खेलाडीको तेस्रो नम्बरमा छन्।

सुनिल गवास्करले १९७९ मा र विजयले २०१४ मा इन्डियाबाट सर्वाधिक बल खेल्ने खेलाडीको रेकर्ड बनाएका थिए। गवास्करले ११९९ बल खेलेका थिए भने विजयले १०५४ बल खेलेका थिए।

अहिले ८५६ खेलेका रोहितले विश्व टेस्ट च्याम्पियनसिपमा ८६६ बल खेलेका थिए। जारी टेस्ट सिरिजमा रोहितले दुई सतक प्रहार गरिसकेका छन्। त्यसैले उनी अब तेस्रो सतक प्रहार गर्ने दौरानमा छन्।

यता इन्डियन ओपनर रोहितको अब दुई इनिङ बाँकी छ। ती दुई इनिङ गरेर ३४४ बल खेलेका उनले सर्वाधिक बल खेल्ने खेलाडीको रेकर्ड बनाउनेछन्।

‘सबैभन्दा खुसी बनाउने कुरा त मैले २५० बल खेल्न सकेँ,’ रोहितले शनिबार मिडियासँग कुरा गर्दै भने, ‘यदि तपाईंले सबै टेस्ट खेल हेर्नुभएको छ भने मैले हरेक इनिङमा लगभग सय बल खेलेको छु। त्यो नै मेरो लक्ष्य हो।’

उनले थपे, ‘मेरो पहिलो लक्ष्य नै धेरै बल खेल्ने हो। अब हेरौं म कति लामो समयसम्म पिचमा बस्न सक्नेछु। किनभने हामीलाई थाहा हुँदैन कि अर्को खेल कस्तो आउँछ।’

अहिले जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इन्डियाले १९१ रन बनाएको थियो। पहिलो इनिङमा श्रर्दुल ठाकुरले ५७ रन बनाए भने कप्तान कोहलीले ५० रन बनाए।

यता इंग्ल्यान्डका क्रिस वोक्स, ओलिए रोविन्सनले क्रमशः ४ र ३ विकेट लिए भने जेम्स एन्डरसन र क्रेग ओभरटोनले समान १–१ विकेट लिए।

यता पहिलो इनिङमा ओली पेपेले ८१ रन बनाए भने क्रिस वोक्सले ५० रन बनाए। यता इन्डियाका उमेश यादवले तीन विकेट गिराए भने जसप्रित बुमराह र रविन्द्र जाडेजाले समान २–२ विकेट लिए।

प्रकाशित: Sep 05, 2021| 11:18 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।