काठमाडौं- मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा आठ जना भारतीय नागरिक बेहोस अवस्थामा भेटिएका छन् ।
राति अबेर सुतेका उनीहरु बेहोस अवस्थामा भेटिएका हुन् । बेहोस हुनेमा चार पुरुष र चार महिला रहेको प्रहरीले जनाएको छ।
उनीहरुमध्ये पाँच जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ भने बाँकी तीन जनालाई पनि ल्याउने तयारी भइरहेकाे छ।
सबै जना अझै बेहोस अवस्थामै रहेको इलाका प्रहरी कार्यालय पालुङका इन्चार्ज इन्स्पेक्टर विकास तामाङले नेपाल समयलाई जानकारी दिए ।
उनका अनुसार उनीहरु सोमबार दिउँसो पोखराबाट दामन पुगेका थिए। उनीहरु आठै जना एउटै कोठमा सुतेकाले निस्सासिएर बेहोस भएको हुनसक्ने प्रहरीको आशंका छ।
भारतको केरलबाट १५ जनाको समूहमा नेपाल घुम्न आएका पर्यटकमध्ये एउटै कोठामा हिटर बालेर सुतेका ८ जना बेहोस भएको बुझिएको छ।