बुधबार, वैशाख १२, २०८१

ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त खण्डन गर्नु : एकीकृत समाजवादी

एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले केपी ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले केपी ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ। माधवकुमार नेपाल नेतृत्वको समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न तथा जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक रूपमा प्रचारप्रसार चलाउन भनेको हो।

triton college

ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेकाले पार्टी विभाजन कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरिएको जाहेज ‘विद्रोह’ भएको अपानिमा उल्लेख गरिएको छ। ओलीले पार्टी नीतिमुखी, विधि पद्धतिअुसार नचलाएर स्वेच्छाचारी ढंगले चलाएको तथा उनमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुटको दिशामा पुगेको अपानिमा आरोप लगाइएको छ।

अलग्गै भेला गरी पार्टी फुटाउने, कब्जा गर्ने उद्देश्यले केपी ओली समूहले ७ पुसमा १५०१ जनाको केन्द्रीय कमिटी गठनको निर्णय गरेपछि पार्टीमा थप विवाद चुलिएको अपानिमा उल्लेख छ।

अपानिमा भनिएको छ, ‘ओलीले २८ फागुन २०७७ मा पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीका राख्ने, आफ्नो इच्छाअनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी एमालेलाई विभाजको दिशामा धकेलिदिए।’

केपी ओली समूहको त्यही निर्णयबाट एमालेको विभाजन सुरु भएको उल्लेख गरिएको छ। ओलीले यस किसिमबाट बलमिच्याइँ र मनमौजी ढंगले गरेका सम्पूर्ण निर्णहरू अवैधानिक भएकाले तिनलाई सच्याइ पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पुर्‍याउन निकै प्रयत्न गरिए पनि ओलीमा देखिएको दम्भ र घमण्डले उनले सच्याउन तयार नभएपछि पार्टी पुनर्गठन गरिएको प्रस्ट पारिएको छ। 

corrent noodles
Metro Mart

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन एमाले र माओवादी केन्द्रबीच एकता भएर पार्टीका दुई अध्यक्षमध्ये ओलीले एकलौटी रूपमा पार्टीलाई नीति र विधिअनुसार नचलाएर व्यक्तिवादी ढंगले चलाउने कार्य गरेको आरोप लगाइएको छ। निर्वाचनबाट दुईतिहाइको सरकार चलाउने अवसर ओलीले पाए पनि उनले जनताको अपेक्षा र पार्टीको नीतिअनुसार कुनै पनि काम नगरेको आरोप अपानिमा लगाइएको छ।

‘निर्वाचनबाट प्राप्त सफल्ताको सम्पूर्ण श्रेय आफूले लिने, निर्वाचनबाट सम्पूर्ण अधिकार आफूमा मात्र रहेको ठान्ने,’ अपानिमा भनिएको छ, ‘पार्टी नीति र जनअपेक्षाअनुसार सरकार सञ्चालन गर्न बारम्बार आग्रह गर्दा पनि उल्टो तरिकाले चल्ने काम गरे।’ ओलीले आफू अप्ठेरोमा पर्दा विभिन्न खालका सहमति गर्ने, तर तिकनो पालना कहिल्यै नगर्ने कार्य बारम्बार दोहोर्याएको आरोप अपानिमा लगाइएको छ।

‘उनले संविधानको पालना गरेनन्। पार्टीको स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटी सबैमा अल्पमतमा परेपछि त्यसको बैठक नै नबोलाउने, बैठक बोलाइहाले पनि छलफल नगर्ने र बैठक बीचमा स्थगित गर्ने काम उनले गरे,’ अपानिमा भनिएको छ, ‘पार्टीभित्र उत्पन्न भएको गम्भीर विवाद, मतभेद र समस्याको बारेमा पार्टी कमिटीभित्र आवश्यक छलफल तथा बहस गरेर समस्या समाधान गर्नतर्फ नलागेर आफूखुसी मनपरी तरिका अपनाउँदै असंवैधानिक ढंगले दुई पटकसम्म संसद् विघटन गरे।’

सर्वोच्च अदालतको २३ फागुनमा नेकपा विभाजन गरी तत्कालिन एमाले र माओवादी केन्द्र कायम गरेपछि पनि पार्टी एकताको सम्भावना कायम रहेको भन्दै अपानिमा ओलीकै कारणले पार्टी एकता नभएको आरोप लगाइएको छ।

‘सर्वोच्च अदालतले वादी पक्षले माग नै नगरेको विषमा प्रवेश गरेर ३ जेठ २०७५ मा भएको पार्टी एकतालाई खारेज गर्दै एकतावद्ध भएका दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदियो। अदालतले एकता गर्ने भए अर्को नाम लिएर १५ दिनभित्र आउन भनेकै थियो,’ अपानिमा भनिएको छ, ‘ओलीले एकता जोगाउन कुनै पहल गरेनन्। हामीले पार्टी एकता कायम राख्न त्यही अवस्थाबाट अगाडि बढ्ने अडान राखौं, तर ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी सोच र सिंगो पार्टी कब्जा गर्ने तथा आफ्नो एक्लौटी वर्चश्व कायम राख्ने चाहनाले एमालेलाई नै विघटन गर्ने दिशामा लैजाने कोसिस भयो।’ 

एकता कुनै एक पक्षले चाहेर मात्र नहुने भन्दै समाजवादीले ओलीले पार्टी एकताका लागि वार्ताको नाटक गरेको आरोप लगाएको छ। ओलीले एकताका लागि वार्ता गर्न खटाइएका व्यक्तिहरूले वार्ताको पहलभन्दा जालझेल गरेको आरोप लगाइएको छ। अपानिमा भनिएको छ, ‘१० बुँदे कथित सहमति गरियो, जुन केपी ओली पक्षको गम्भीर षड्यन्त्रको कदम मात्र थियो । १० वटै बुँदा प्राकृतिक प्रकृतिका छन्।’ ओली प्रवृत्तिविरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समाजवादीले गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राखिने जनाएको छ। - न्युज कारखाना

प्रकाशित: Sep 05, 2021| 11:03 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...