भैरहवा– प्रदेश- ५ को प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ।
प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रहेका ८२ वर्षीय पाखरेलको सोमबार आफ्नै निवासमा निधन भएको कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाणले जानकारी दिए।
प्युठानको झिमरुक गाउँपालिका तुसारामा जन्मिएका पोखरेल दशकौंदेखि रुपन्देहीमा राजनीतिमा सक्रिय थिए।
क्यान्सरको समस्याले ग्रस्त पोखरेल अस्पतालको उपचार पश्चात् रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित आफ्नै निवासमा रहँदै आएका थिए ।