काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र सरकारलाई बुझाएको छ।
संसदीय समितिबाट पारित भएको सूचना प्रविधिलगायतका विधेयकहरु विरुद्ध कांग्रेसले विरोध पत्र बुझाएको हो।
कांग्रेस केन्द्रीय समिति बैठकबाट निर्णय भएबमोजिम नै सम्पूर्ण जिल्लाहरुबाट विरोध पत्र बुझाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
उनका अनुसार सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन् तथा मौलिक अधिकार विरुद्धका कानूनहरु ल्याउन लागेकोले विरोध पत्र बुझाइएको हो।
यसैबीच, कांग्रेसले काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत काठमाडौंमा विरोध पत्र बुझाएको छ।