काठमाडौं– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा हुनै लाग्दा उनले चारजना राज्यमन्त्री थपेका हुन्।
थपिने राज्यमन्त्रीमा रामबहादुर मगर (भूमि व्यवस्था, कृषि तथा सहकारी), अम्बिरबाबु गुरुङ (भौतिक पूर्वाधार विकास), जसमाया गजमेर विश्वकर्मा (सामाजिक विकास) र विजयकुमार विश्वास (उद्योग, पर्यटन, वन तथा वातावरण) मन्त्रालय छन्।
थपिएका राज्यमन्त्रीमा पूर्वएमालेबाट ३ र पूर्वमाओवादीबाट एकजना रहेको बताइएको छ । योसँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय भएको छ।