मंगलबार, वैशाख ४, २०८१

चारदेखि पाँचतारे डिलक्स होटलको लागि ईआइए अनिवार्य

अब चारदेखि पाँच तारे डिलक्स होटलले वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गर्नुपर्ने भएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- अब चारदेखि पाँच तारे डिलक्स होटलले वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गर्नुपर्ने भएको छ।

triton college

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि तारे होटलको लागि मापदण्ड तयार पारेर लागू गरेको छ।

सो मापदण्डअनुसार चारदेखि पाँच तारे होटलका लागि कुल क्षेत्रफलको ४० प्रतिशत क्षेत्रमा मात्र संरचना बनाउनुपर्ने र ६० प्रतिशत जमिन खुल्ला छाड्नुपर्ने छ।

केही दिनअघि सरकारले तारे होटलका लागि पर्यटन त्यस्तै होटल बनाउँदा भवन ऐन र राष्ट्रिय भवन संहिता अनुसारको अनिवार्य नक्सा पास भएको हुनुपर्ने, भवन आधुनिक हुनुपर्ने, पुरानो भएको अवस्थामा मर्मत सम्भारदेखि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा प्रतिबिम्बित हुनुपर्ने र ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई अवरोध नहुने प्रकृतिको बनाउनुपर्ने सो मापदण्डमा व्यवस्था गरिएको छ।

त्यस्तै प्रवेशद्वारमा नेपाली र अंग्रेजी दुवै भाषामा नाम हुनुपर्ने, होटल कति तारे हो भनेर पनि सम्पूर्ण कागजपत्रमा स्पष्ट खुलाउनुपर्ने व्यवस्था नयाँ मापदण्डमा गरिएको छ।

corrent noodles
Metro Mart

त्यस्तै एक तारे होटलमा ५ वटा चारपांग्रे गाडी र पाँच तारे डिलक्स होटलमा ४० वटा सवारी साधन अटाउन सक्ने क्षमताको पार्किङ हुनैपर्ने भएको छ। त्यस्तै २ तारेमा १० वटा, तीन तारेमा १५ वटा, चार तारेमा २० वटा, पाँच तारेमा २५ वटा सवारीसाधान अटाउन सक्ने खुल्ला ठाउँ हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।

त्यस्तै सुविधाको पनि मापदण्ड तोकिएको छ। होटलको लविमा नै कस्ता सेवा प्रबाह गर्ने हो सोको उल्लेख अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ।

मापदण्ड अनुसार ४ तारेभन्दा माथिका होटलले कम्तिमा ३० वटा देशको झन्डा राख्न मिल्ने पोल राख्नु पर्ने, अन्तर्राष्ट्रिय मापदण्डका खेलहरु खेल्न मिल्ने गरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खेलकुदको सुविधा हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

यसैगरी ३ तारे वा सोभन्दा माथिल्लो स्तरको होटलेमा २४ घण्टा नै रुम सर्भिस दिनुपर्नेछ। साथै सबै स्तरको होटलसँग ग्राहकलाई बसपार्क र विमानस्थल पुर्याउने सुविधा सम्पन्न साधन हुनुपर्नेछ भने ४ तारेदेखि माथिल्लो स्तरको होटलसँग कम्तिमा २ वटा सुविधासम्पन्न आफ्नै सवारी हुनुपर्ने नयाँ मापदण्ड बनाइएको छ।

ग्राहकको बहुमूल्य वस्तु राख्न रिसेप्सननजिकै लकर हुनुपर्नेछ तर ४ तारे माथिको होटलको हकमा भने प्रत्येक रुममा लकर हुनुपर्नेछ।

बत्तिको सुविधा २४ घन्टा नै हुनुपर्ने, प्रशोधित पानी हुनुपर्ने, आकाशे पानी भन्डारका प्रविधि जडान हुनुपर्ने र नियमअनुसार ढल निकासीको व्यवस्था हुनुपर्ने समेत मापदण्डमा उल्लेख छ।

होटलको लबीको क्षमता १ तारेको हकमा १० जना, दुई तारेको हकमा १५, ३ तारेमा २०, ४ तारेमा ४०, पाँच तारेमा ६० र पाँच तारे डिलक्सको हकमा ८० जना अट्ने हुनुपर्नेछ।

सबैले देख्नेगरी कम्पनी दर्ता, उद्योग दर्ता, सञ्चालन इजाजत र ताराअंकित प्रमाणपत्र रिसेप्सन नजिकै राख्नुपर्ने पनि मापदण्डमा उल्लेख छ।

त्यस्तै सुविधासम्पन्न शौचालय, हुनुपर्ने र होटलका कर्मचारी अंग्रेजी र नेपाली दुवै भाषा बोल्न सक्ने हुनुपर्ने मापदण्डमा उल्लेख छ।

रिसेप्सनका कर्मचारीले अंग्रेजी र नेपाली दुबै भाषामा बोलचाल गर्नसक्ने, ट्राभल डेक्स राख्नुपर्ने, ३ घन्टीभित्र फोन उठ्नु पर्ने, भुक्तानी नगद, अनलाइन र क्रेडिट कार्डबाट हुने व्यवस्था मिलाउनुपर्ने, पत्रपत्रिका तथा पर्यटकसम्बन्धि जानकारीमुलक सामग्री होटलको क्षमताअनुसार हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ।

यसैगरी ४ तारेभन्दा माथिल्लो स्तरको होटलमा धर्म अनुसारको प्राथना गर्ने वा सुन्ने कक्ष हुनुपर्नेछ।

प्रकाशित: Jan 19, 2020| 14:31 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्